बाली बीमा गर्न खुलेनन् कृषक, फिर्ता भयो आएको बजेट

पर्वत : कृषि बालीमा हुन सक्ने सम्भावित जोखिमको बहन गर्नका लागि कृषि बालीको बीमा गर्ने व्यवस्था रहेको भए पनि कृषकहरू त्यसमा नखुलेको पाइएको छ।कृषिमा पशुपक्षीको बीमा गर्न कृषकहरू हौसिने गरेको भए पनि खाद्य बालीको बीमा गर्न कृषकहरू अग्रसर नभएको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन्। पशु बीमा गर्ने प्रक्रिया, त्यसको मूल्याङ्कन र भुक्तानीको प्रक्रियाको तुलनामा खाद्य बालीको प्रक्रिया केही झन्झटिलो लागेका कारण कृषकहरू खाद्य बालीको बीमामा उत्सुक नभएको उनको

सम्बन्धित सामग्री

दशकमा ९ प्रतिशत मात्र कृषि बाली बीमा

काठमाडौं– सरकारले कृषि तथा पशुपन्छी बीमा गर्दा तिर्नुपर्ने प्रिमियममा अनुदान दिन थालेको एक दशक पुगेको छ । तर, कृषि बाली बीमा गर्नेको संख्या सोचेअनुसार बढ्न सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कृषि बाली बीमा गर्ने लक्षित किसानमध्ये ९ प्रतिशतले मात्र बीमा गरेका छन् । अनुदान दिन थालेको एक दशकमा ९ प्रतिशतले मात्र […]

एक दशकमा कृषि बीमा अनुदान ६ अर्ब भुक्तानी

काठमाडौं– पछिल्लो एक दशकमा सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमात्र पाँच अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान दिन सुरु गरेको थियो । नेपालमा २०६९ माघ १ बाट पहिलो पटक औपचारिक रूपमा बाली बीमा सुरु भएको थियो । तर सरकारले कृषकलाई आव […]

गण्डकीका किसानले निःशुल्क बाली बीमा गर्न पाउने

१ असार, काठमाडौं । गण्डकी प्रदेशका किसानले कृषि बाली बीमामा शतप्रतिशत अनुदान पाउने भएका छन् । हाल संघीय सरकारले कृषि बीमाको प्रिमियममा दिंदै आएको ८० प्रतिशत अनुदानमा थप सहुलियत प्रदान गरी निःशुल्क बाली बीमा कार्यक्रम …

अबदेखि खाद्यबालीको पनि बीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेसँगै अब कृषि बीमालेखअन्तर्गत खाद्यान्न बालीको पनि उत्पादनको आधारमा बीमा हुने भएको छ । प्राधिकरणका अनुसार उक्त बीमालेखमा बालीहरू धान, मकै, जौ, गहुँ र कोदो समेटिनेछ ।   यी खाद्यान्न बालीको बीमालेखले विभिन्न आठ प्रकारको क्षतिको रक्षावरण गर्नेछ, जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङजन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति परेका छन् । बीमालेखले रक्षावरण गरेको जोखिमका कारण खाद्यान्न बाली क्षति भएमा क्षति भएको ३ दिनभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ईमेलमध्ये कुनै एक माध्यमबाट जानकारी गराउनु पर्नेछ । अतिरिक्त सुविधाअन्तर्गत खाद्यान्न बाली बीमा गराएका बीमितले २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउनेछन् । बीमा अवधिमा आत्महत्याबाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुन: ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट बीमितले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् । एकै क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीको आंशिक रूपमा बीमा गर्न भने पाइने छैन । धान र कोदो बालीको हकमा रोपेको ३० दिनभित्र बीमा गरिएको हुनुपर्नेछ । मकै, गहुँ र जौ बालीको हकमा बीउ छरेको ७ दिनपछि ३० दिनभित्र बीमा गरेको हुनुपर्नेछ । प्राधिकरणले बीमालेखअनुसार धान, मकै र गहुँ बालीको हकमा बीमांक रकमको ५ प्रतिशतका दरले तथा जौ र कोदो बालीको हकमा बीमांक रकमको ३ प्रतिशतका दरले बीमाशुल्क कायम हुने व्यवस्था गरेको छ । शिखर इन्स्योरेन्सका कृषि तथा लघु बीमा शाखाका सहायक प्रबन्धक सार्थकराज पाण्डे खाद्यबालीको उत्पादनको आधारमा बीमालेख जारी हुने भएसँगै किसान उक्त बीमालेखबाट लाभान्वित हुने बताउँछन् । ‘हालसम्म खाद्यान्न बालीको लागतको आधारमा मात्र बीमालेख जारी हुन्थ्यो, जसका कारण बालीमा क्षति हुँदा किसानले गुमाएको लगानी उठाउन सम्भव थिएन । अब उक्त बीमालेख कार्यान्वयनमा आएसँगै किसानको उत्पादनको पनि सुरक्षा हुन्छ,’ उनले भने, ‘साथै किसानको कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरी, एक वा दुवै हातको नाडीमाथि पूरै हात काम नलाग्ने भएमा, दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट किसानले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् । त्यसैले बीमालेखले किसानको उत्पादनका साथै ज्यानको पनि सुरक्षा हुन्छ ।’

ओखलढुंगामा कृषि र बाली बीमा कार्यक्रम भएन प्रभावकारी

काठमाडौं । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम ओखलढुंगामा प्रभावकारी देखिएको छैन । कृषिको पशुपंक्षीतर्फ किसानले बीमा गरेपनि बालीतर्फ बीमा गर्ने किसानको संख्या जिल्लामा शून्य प्राय छ । पशुपंक्षीको बीमा गरेका किसानले सहजै क्षतिपूर्ति पाउन समस्या रहेको सिद्धिचरण नगरपालिका– १ तलुवाका बाख्रापालक किसान बताउँछन् । झन्झटिलो प्रक्रिया र अव्यवहारिक नीतिका कारण किसानले […]

पालिकाको सहकार्यमा धानको बीमा गर्दै किसान

काठमाडौँ- जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने किसानको धानको बीमा गर्न सुरु गरेका छन् । कुमरोज र बछौलीमा रहेका साना किसान कृषि […]

धानको बीमा गर्दै किसान

काठमाडौँ,१४ असार । जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न सुरु गरेका छन् । कुमरोज र बछौलीमा रहेका साना किसान […]

बाली बीमा, अनुदान प्रणाली तथा उत्पादन मूल्य शृङ्खलामा आवश्यक नीति तयार गरिने

काठमाण्डाै - राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले बालीको बीमा, अनुदान प्रणाली तथा उत्पादनको मूल्य शृङ्खलासहित विभिन्न क्षेत्रमा आवश्यक नीति तयार गर्ने भएको छ । पछिल्लो समय बाली बीमा, अनुदान प्रणाली, मूल्य शृङ्खला, प्रविधि अनुसरण तथा यसको प्रभाव र सामाजिक आर्थिक पक्ष जस्ता विषयमा चासो बढेको भन्दै केन्द्रले आवश्यक थप नीति बनाएर सरकारलाई निचोडका रुपमा दिने भएको हो । अर्थतन्त्रको मुख्य आधार नै कृषि क्षेत्र भएकाले यसमा देखिएका समस्या तथा चुनौतीको पहिचान गरी आवश्यक नीति बनाउने र भएका नीतिलाई परिमार्जन गर्न लागेको केन्द्रका प्रमुख...

बेमौसमी वर्षा: बाली बीमा नहुँदा किसानले लाखौंको क्षति बेहोरे

ओखलढुंगा– बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली बीमा नहुँदा किसानलाई समस्या भएको छ । दसैँलगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो । जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ । पसाएको धान र कोदो झरीका […]

बाली बीमा सम्बन्धी अभिमुखीकरण

वीरेन्द्रनगर (अस) । सुर्खेतको लेकबेँसी नगरपालिकाका  किसानलाई बाली बीमा सम्बन्धी अभिमुखीकरण गरिएको छ ।  हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड साटाखानीको आयोजनामा  लेकबेँसी नगरपालिका–९ मा व्यावसायिक कृषि  गरिरहेका किसानलाई अभिमुखीकरण गरिएको हो । व्यावसायिक रूपमा कृषि गर्दै आए पनि बाली र पशु बीमाबारे किसानलाई जानकारी नभएकाले उनीहरूलाई अभिमुखीकरण गरिएको सहकारीका प्रबन्धक हरि पौडेलले बताए । तालीममा केराखेती, बंगुरपालन, ड्रागन पु्रmट खेती, तरकारीखेती, भैंसीपालन लगायत व्यवसायमा आबद्ध ४० जना किसान सहभागी थिए । तालीमको सहजीकरण हेल्भेटास नेपाल इन इलम परियोजनाका व्यवसाय विकास अधिकृत टेकबहादुर सिंह र एभरेष्ट इन्स्योरेन्सका प्रतिनिधि गणेश वलीले गरेका थिए ।