पशु बीमा अनुदानमा बीमित पशुपन्छीको यकिन नै नगरी पशु सेवा विभागले प्रिमियम भुक्तानी गर्ने गरेको पाइएको छ ।
बीमित पशुपन्छीको संख्या यकिन नै नगरी प्रिमियम भुक्तानी गर्ने गरिएकाले बीमांक रकम र बीमा प्रिमियम रकम वास्तविक हो वा होइन भन्ने कुराको कुनै हिसाब किताब नै नराखी भुक्तानी गर्ने गरेको देखिन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले बाली तथा पशुपन्छी बीमा बापत ७५ प्रतिशत प्रिमियम अनुदान भुक्तानी गर्दै आएको छ । तर,कति संख्यामा कुन-कुन ठाउँमा के कति पशु धनको बीमा गराइएको हो, वा होइन, बीमांक ...