एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो ।राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ ।राष्ट्र बैंकले विभिन्न हार्माेनि

सम्बन्धित सामग्री

एलसीमा नगद मार्जिन हट्दै

अर्थतन्त्रको प्रणालीमा गरिएका हरेक कडाइलाई क्रमशः खुकुलो बनाउँदै गएको केन्द्रीय बैंकले आयातमा पनि खुकुलो नीति लिने तयारी गरेको छ । केन्द्रीय बैंकले प्रतीतपत्र (एलसी) मा नगद मार्जिन चाहिने व्यवस्था हटाउने तयारी गरेको हो । उच्च आयातका कारण अर्थतन्त्रमा समस्या देखिन थालेपछि राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ मा गरी दुई पटक ३ […]

आयातको नगद मार्जिन पनि हटाउने अवस्थामा आइसक्यो बाह्य क्षेत्र ?

२७ पुस, काठमाडौं । आयातमा गरिएको कडाइ खुकुलो बनाउँदै लगेको नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) मा नगद मार्जिन चाहिने व्यवस्था हटाउने तयारी गरेको छ । राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा गरी दुई पटक विभिन्न हार्मोनिक कोडबाट सुरु हुने ३०० भन्दा बढी वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो […]

एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिन पुनरावलोकन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नुपर्ने नगद मार्जिनलाई पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै केही वस्तुहरुको आयातको लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लैजाने जनाएको हो । हाल एलसी खोल्दा वस्तुअनुसार ५० देखि १०० प्रतिशतसम्म […]

उद्योगले आयात गर्ने सुपारी, मरीच र केराउमा पनि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने

काठमाडौँ । अब उद्योगहरुले सुपारी, मरीच र केराउ आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा पनि शतप्रतिशत नगद मार्जिन (धरौटी रकम) राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले यसअघि नै दुई पटक गरी ६७ उपसमूह अन्तर्गतका करिब १४ सय वस्तुको आयातका लागि प्रतितपत्र खोल्दा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । तर, […]

ह्वात्तै घट्यो चाँदीको आयात

काठमाडौं, माघ १४। नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक […]

ह्वात्तै घट्यो चाँदीको आयात

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्

विलासिताका वस्तुहरूको आयातमा कडाइ, चकलेटदेखि गाडीसम्म के–केमा भयो कडाइ ?

नेपाल राष्ट्र बैंकले आयातलाई थप निरुत्साहन गर्न केही विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको छ । बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो । सोमवार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले त्यस्ता वस्तुहरूको आयात गर्न बैंकहरूबाट एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विभिन्न १६ वस्तुमा नगद मार्जिन राखेर मात्र एसी खोल्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले चिनी र चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, पर्फ्युम, कस्...

अब आयात गर्दा शतप्रतिशतसम्म नगद मार्जिन

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ । राष्ट्र बैंकले विभिन्न हार्माेनिक कोड भएका वस्तुहरूको आयातमा यस्तो व्य...

अब आयात गर्दा शतप्रतिशतसम्म नगद मार्जिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ । राष्ट्र बैंकले विभिन्न हार्माेनिक कोड भएका वस्तुहरूको आयातमा यस्तो व्यवस्था लागू गरेको हो । विशेषगरी ०९०७, १७, २२, २४, ३३०३, ३३०४, ३३०५, ४४, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०१०, ७१०६, ८७०३, ८७११, ९४०३ र ९५०४.४०.०० हार्मोनिक कोड भएका वस्तुको आयात गर्दा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । ८७०३ र ८७११ हार्मोनिक कोड भएका वस्तुको आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्नेछ । अन्य वस्तुमा शतप्रतिशत नै नगद मार्जिन राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । राष्ट्र बैंकले चाँदी, मोटर साइकल, भेइकल, चिनी, मेटल फर्निचर, पानी, सिसाजन्य पदार्थ, मेकअपका सामानलगायत वस्तुको आयातमा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विभिन्न शर्त राख्दै उक्त वस्तुहरूको आयात गर्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । त्यसरी राखिने मार्जिनमा ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरिएको छ । साथै, मार्जिन रकम राख्ने प्रयोजनै लागि कर्जा पनि प्रवाह गर्न पनि नपाइने राष्ट्र बैंकको निर्देशन छ । बैंकहरूले एलसी खोल्ने बेलामा नै मार्जिन रकम लिनुपर्नेछ । साथै, आयातको भुक्तानी गर्दा त्यो रकम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । उद्योगहरूले आफ्नै प्रयोजनका लागि कच्चा पदार्थ आयात गर्दा, औषधिजन्य प्रयोजनका लागि हुने आयातमा यो व्यवस्था लागू हुने छैन । यस्तै, नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरूले आयात गर्ने वस्तुमा पनि यो व्यवस्था लागू नहुने बताइएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्दो अवस्थालाई दृष्टिगत गर्दै यस्तो व्यवस्था गरेको हो । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति निरन्तर घट्दै गएको छ । विशेषगरी आयातमार्फत नै विदेशी मुद्रा बढी बाहिरीएको छ । फलस्वरूप शोधनान्तर स्थिति पनि कात्तिक मसान्तसमम् रू. १ खर्ब ५० अर्बले घाटामा गइसकेको छ । यी यस्ता परिसूचकलाई नियन्त्रण गर्ने उद्देश्यसहित यस्तो कदम उठाएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्ट बताउँछन् । ‘आयात बढी हुँदा विदेशी मुद्रा बढी बाहिरियो । फलस्वरूप विदेशी मुद्रा सञ्चिति घट्ने र शोधनान्तर स्थितिमा पनि चाप पर्यो,’ उनले भने, ‘त्यसैले तत्कालका लागि यसमा केही नियन्त्रण गर्न खोजिएको हो । अवस्था सामान्य भएपछि यो व्यवस्था हटाउँछौं ।’ तत्काल अत्यावश्यक वस्तुबाहेकको हकमा यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यसको परिकल्पना पनि गरेको थियो । केही बैंकहरूले अहिले पनि विभिन्न वस्तुको आयातका लागि एलसी खोल्दा मार्जिन लिइरहेका छन् । अहिले राष्ट्र बैंकले त्यसलाई अल्पकालीन रूपमा भए पनि नीतिगत रूपमा व्यवस्था गरेको छ ।