एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यथावत, बैंकहरूले अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यथावत राखेको छ । चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले केही वस्तुको एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्था यथावत कायम राखेको हो ।गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै त्यो व्यवस्था यथावत रहेको र त्यसलाई पुनरावलोकन गर्दै लगिने बताए । यस्तै, बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका एलसी खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्नुप