ह्वात्तै घट्यो चाँदीको आयात

काठमाडौं, माघ १४। नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक […]

सम्बन्धित सामग्री

तरलता र पेट्रोलको बढ्दो मूल्यका कारण ह्वात्तै घट्यो मोटरसाइकलको आयात

वीरगञ्ज- पछिल्लो समय बजारमा देखिएको तरलता र पेट्रोलको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण चालु आर्थिक वर्षको ११ महिनामा मोटरसाइकल आयात ह्वातै घटेको छ। देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३ अर्ब ६९ करोड ४६ लाख ५६ हजार बराबरको ४१ हजार ९ सय ३० वटा मोटरसाइकल मात्रै […]

ह्वात्तै घट्यो चाँदीको आयात

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्

ह्वात्तै घट्यो चाँदीको आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । विभागको तथ्यांक अनुसार मङ्सिरदेखि नै चाँदी आयातमा कमी आएको छ । गत मङ्सिरमा पनि २९ करोड रुपैयाँको मात्रा चाँदी आएको छ । त्यसभन्दा अघिल्ला महीनाहरू कात्तिकमा २ अर्ब ५ करोड, असोजमा ३ अर्ब ५१ करोड, भदौमा ४ अर्ब र साउनमा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आएको छ । समग्रमा चालू आवको ६ महीनामा १२ अर्ब ५७ करोडको चाँदी भित्रिएको तथ्यांक छ । पछिल्लो समय आयात बढी हुँदा नेपालसँग भएको विदेशी मुद्रा उच्च परिमाणमा बाहिरिने गरेको छ । तर, सोअनुसार विदेशी मुद्रा आर्जन हुन सकेको छैन । फलस्वरूप विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले चाँदी लगायत विलासिताका वस्तुको आयात गर्न एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । नेपालमा पछिल्लो समय चाँदीको आयात उच्च मात्रामा हुने गरेको थियो । चालू आवको पहिलो ३ महीनामै १० अर्बभन्दा बढीको चाँदी आयात भएको थियो । त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यसमा कडाइ गरेको थियो । एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण पर्याप्त मात्रामा चाँदी आयात गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । तत्कालीन अवस्थामा चाँदी आयातमा कडाइ गर्नु स्वागतयोग्य भए पनि यसलाई लामो समयसम्म लैजान नहुने उनको भनाइ छ । ‘अहिले नेपालसँग भएको विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । त्यसअनुसार चाँदी आयातमा गरिएको कडाइ व्यावहारिक नै छ,’ उनले भने, ‘तर परिस्थिति सहज भएपछि यसलाई खुला गर्नुपर्छ ।’ चाँदी आयात घटेपछि बजारमा यसको अभाव पनि देखिन थालेको अध्यक्ष शाक्यले बताए । ‘चाँदीको आयात घटे पनि व्यवसायीसँग भएको चाँदीको मौज्दातले बजारको माग पूरा गरिरहेका थियौं । तर, अहिले व्यवसायीसँग भएको मौज्दात सकिएको छ,’ उनले भने, ‘पछिल्लो ४–५ दिनदेखि बजारमा चाँदीको अभाव देखिन थालेको छ । अब बजारको माग धान्न चुनौती हुने देखिन्छ ।’ अभाव नै भए पनि व्यवसायीले चाँदी लुकाउने भने नगरेको अध्यक्ष शाक्यको भनाइ छ । ‘अभाव भए पनि हामीले आफूसँग भएको चाँदी सहज रूपमा सप्लाई गर्दै आएका छौं । तर, सरकारले यो अवस्थालाई दृष्टिगत गर्दै चाँदी आयातमा सहजीकरण गर्नुपर्छ,’ उनले भने । बजारको माग धान्न चाँदी आयात गर्नैपर्ने उनको भनाइ छ ।

सुनचाँदी आयात ह्वात्तै घट्यो, मासिक ५० हजार किलोसम्म आउने चाँदी ५ हजारमा झर्‍यो

सरकारले कडाइ गरेसँगै सुन र चाँदीको आयात ह्वात्तै घटेको छ । भदौमा मासिक करीब ५० हजार किलो आयात हुने गरेको चाँदी मंसिरमा जम्मा ५ हजार किलोमा झरेको अर्थ सचिव मधु मरासिनीले जानकारी दिए । उनका अनुसार साउनमा ३१ हजार ६००, भदौमा ४९ हजार ९५२, असोजमा ४४ हजार ७०७, कात्तिकमा २४ हजार २० र मंसिरमा ५ हजार किलो चाँदी आयात भएको छ ।  सरकारले आयातमा कडाइ गरेकै कारण सुन आयातमा पनि सुधार आएको उनले बताए । नेपालीले बाहिरबाट ५० ग्राम ल्याउन पाइने सुनमा कडाइ गरेकै कारण अवैध सुन आयात नियन्त्रणमा आएको बताए ।&nbs...

भारतबाट मालाको आयात बढ्यो, मूल्य घट्यो

यो वर्ष छिमेकी मुलुक भारतबाट धेरै माला आयात हुँदा बजारमा मूल्य घटेको छ । तिहारको पहिलो दिनमै बजारमा मालाको आयात ह्वात्तै बढेकाले प्रतिमालामा २० देखि ३० रुपैयाँ मूल्य घटेको हो ।गत वर्ष ७० देखि ८० रुपैयाँ प्रतिमाला सयपत्रीको रहेकोमा अहिले घटेर ५० देखि ६० रुपैयाँमा झरेको हो ।फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल(फ्यान)का अध्यक्ष मिनबहादुर तामाङले भारतबाट […]

आयात ह्वात्तै बढ्दा एक महिनामै विदेशी मुद्राको सञ्चिति ४५ अर्ब घट्यो

‘आयात यहीं दरमा बढ्दै जाने, रेमिट्यान्सको आप्रवाहमा कमी आउने अवस्था देखिएकाले अब सजगता अपनाउनुपर्ने बेला भएको हो’ ढकालले सेतोपाटीसँगको कुराकानीमा भने।

भासिएको सडक मर्मत नहुँदा तातोपानी नाकाबाट हुने आयात ह्वात्तै घट्यो

काठमाडौं । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट दुई महिना यता न्यून मात्रामा सामग्री आयात भएको छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । हाल खासाबाट दैनिक बढीमा दुई वटा गाडी मात्रै आइरहेको छ । कोदारी राजमार्ग […]

ह्वात्तै घट्यो तरकारीको मूल्य

हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो । गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतल...

जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो

आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको देखिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता निर्यात भएकोमा उक्त संख्या घटेर आव २०७७/७८ मा २२ लाख ७४ हजार थानमा सीमित हुन पुगेको छ । गएको आर्थिक वर्षमा रू. ७३ करोड २० लाखको मात्र जुत्ता निर्यात भएको छ, जुन आव २०७६/७७