मोरङ – विराटनगर विमानस्थल विस्तारका क्रममा रोक्का भएको जग्गाको मुआब्जा वितरण चाँडै सुरु गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्। विराटनगरस्थित विमानस्थलमा शुक्रबार पत्रकारसँग मन्त्री आलेले विराटनगर विमानस्थल स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको बताएका छन्। विमानस्थल विस्तारका लागि बजेटको व्यवस्था नगरे पनि सरकारले बजेटको व्यवस्था गर्दै काम अघि बढाउने मन्त्री आलेले प्रस्ट्याए। विराटनगर, […]
विराटनगर : डुबानका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ।विमानस्थनमा शनिबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सब खरेलले जानकारी दिए। उनका अनुसार साँझको उडान भने विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र सञ्चालन हुनेछ।उनले भने, ‘विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले साँझको उडान छैन र विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ।’लगातारको वर्षापछि केसेलिया खोलामा आएको बाढी मंगलबार विमानस्थ
काठमाडौं, ५ कात्तिक । केही दिनदेखि बन्द रहेको विराटनगर विमानस्थल भोलिदेखि सुचारु हुने भएको छ । लगातारको वर्षाको कारण विमानस्थल डुबान भएपछि सम्पूर्ण उडानहरु बन्द भएका थिए । मौसम सफा भएको अवस्थामा भोलि बिहानदेखि साँझ ५ बजेसम्म मात्रै उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।-File Photo
विराटनगर : बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए।‘पानी घटि सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’विमानस्थल मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।
अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन ।
भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ ।
भारी वर्षाका कारण डुबानमा परेको विमानस्थलको पानी नघटेपछि यहाँबाट हुने हवाई सेवा सुचारु हुन केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले छिटोमा आ...
विराटनगर । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी गरेको छ । केहि दिनदेखि परेको भारी बर्षाका कारण आएको बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती […]
अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल बन्द भएको छ । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । उनले भने, “विमानस्थलभित्र ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीले विमानस्थलमा लेदोसमेत ल्याएको छ ।”अत्यधिक वर्षा र नजिकका खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न […]
लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थल अवरुद्ध...
विरानगर – लगातारको वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो। धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन। मंगलबार पनि लगातारको वर्षाका कारण उडान प्रभावित हुँदा सर्वसाधारण यात्रु मर्कामा परेका थिए।
१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले […]