बाढीले विराटनगर विमानस्थल डुबान

विरानगर – लगातारको वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो। धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन। मंगलबार पनि लगातारको वर्षाका कारण उडान प्रभावित हुँदा सर्वसाधारण यात्रु मर्कामा परेका थिए।

सम्बन्धित सामग्री

भोलि बिहानदेखि विराटनगर विमानस्थल सुचारु हुने

काठमाडौं, ५ कात्तिक । केही दिनदेखि बन्द रहेको विराटनगर विमानस्थल भोलिदेखि सुचारु हुने भएको छ । लगातारको वर्षाको कारण विमानस्थल डुबान भएपछि सम्पूर्ण उडानहरु बन्द भएका थिए । मौसम सफा भएको अवस्थामा भोलि बिहानदेखि साँझ ५ बजेसम्म मात्रै उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।-File Photo

विराटनगर विमानस्थल सफाइ सुरू‚ शनिबारदेखि सञ्चालन गर्ने तयारी

विराटनगर  : बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए।‘पानी घटि सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’विमानस्थल मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।

विराटनगर विमानस्थल डुबानमा (भिडियोसहित)

विराटनगर– अत्यधिक वर्षाले विराटनगर विमानस्थलमा डुबान भएको छ । विमानस्थल डुबानमा पर्दा उडान र अवतरण बन्द गरिएको छ । विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबारदेखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ । विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भुभाग डुबानमा परेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । […]

सय दिन कुरेर उडान अनुमति पाएको जहाज विमानस्थलमै बन्धक!

शनिबार बिहानै विराटनगर विमानस्थल डुबानमा पर्‍यो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा डुबान हुँदा विमानस्थलमा एक विमान सिवाय अरू केही देखिँदैन। विमानस्थल डुबानको एक्लो साक्षी श्री एयरलायन्सको त्यो जहाज उडान अनुमति पाएर पहिलो पटक विराटनगर पुगेको थियो। कुनै समय एसियाकै ठूलो हेलिकप्टर सेवाप्रदायक मानिने श्री एयरलाइन्सले गत वर्ष भदौमा फिक्स्ड विङको पनि अनुमति पाएको थियो। त्यसपछि…