त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी द