त्रिशूली नदीमा माछा मार्न गएका एक जना बेपत्ता

धादिङ - त्रिशूली नदीमा माछा मार्न गएका एक जना बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुई दिनदेखिको वर्षाका कारण नदीमा बाढी आएको छ । हराएका बिसुरालको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो एक महिनामा त्रिशूली नदीमा तीन जना बेपत्ता भइसकेका छन् ।

सम्बन्धित सामग्री

बागलुङमा माछा मार्न गएका रमेशलाई खोलाले बगायाे

बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता, खोजीकार्य जारी

कैलाली : कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका-३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुका आफन्त तीर्थबहादुर घर्ती मगरले आज इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी…

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता

आइतबार रातिदेखि भइरहेको वर्षाले जनजीवन कष्टकर भइरहँदा माछा मार्न गएका उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएकाे छ ।

नदीमा डुबेर १ जना बेपत्ता

त्रिशूली नदीमा माछा मार्न गएका १ युवा बिहीवार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटार निवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरीक्षक खड्काले बताए । त्रिशुलीमा १ महिनामा ३ जना बेपत्ता भइसकको छन् ।

पाँचथरमा बाढीले बगाउँदा एक जना वेपत्ता,एकको मृत्यु

पाँचथर । बाढीले बगाउँदा पाँचथरमा एक जना बेपत्ता भएका छन् । शुक्रबार साँझ माछा मार्न गएका फिदिम नगरपालिका १० का ५९ बर्षीय मनराज केरुङ बेपत्ता भएका हुन् । प्रहरी र स्थानियले खोजी गर्दा पनि उनी ३ दिन सम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।