५ दिनपछि होन्डाले नयाँ मोटरसाइकल ल्याउने, डिजाइन, इन्जिन र मूल्य उत्कृष्ट हुने

काठमाडौं । होन्डाको कम मूल्यको एड्भेन्चर मोटरसाइकल आगामी हप्ता बजारमा ल्याउने भएको छ । कम्पनीले ५ दिनपछि अगस्ट १९ तारिखमा नयाँ मोटरसाइकल बजारमा उतार्ने तयारी गरेको हो । होन्डाले भारतमा नै पहिलो पटक उत्पादन गर्न लागेको एड्भेन्चर मोटरसाइकल २०० सीसी क्षमताको हुनेछ । होन्डा हर्नेट २.० मा आधारित ‘एनएक्स २००’ नयाँ एड्भेन्चर डिजाइनमा आउन लागेको […]

सम्बन्धित सामग्री

रोयल इन्फिल्डको एसेम्ब्लिङ युनिट वीरगञ्जमा

काठमाडौं । १२२ वर्षदेखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले नेपालमा पनि मोटरसाइकल एसेम्बल शुरू गरेको छ । नेपालको व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा वीरगञ्जमा एसेम्बल शुरू गरिएको हो । एसेम्ब्लिङ युनिटका लागि रोयल इन्फिल्डले भारतबाट आवश्यक दक्ष टोली पठाइसकेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका चिफ कमर्सियल अफिसर  यादभिन्दर सिंह गुलेरियाले जानकारी दिए । उनका अनुसार वीरगञ्जको युनिटबाट हरेक वर्ष २० हजार बाइक उत्पादन गर्ने लक्ष्य रहेको र ती बाइक विश्वका अन्य स्थानमा उत्पादन भए अनुसार गुणस्तरीय हुने बताए । हालसम्म नेपालमा प्रयोग हुने उक्त कम्पनीका सबै मोटरसाइल भारतको तामिलनाडुबाट आउने गर्थे । उक्त कम्पनीले भारतको तामिलनाडुबाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा एसेम्ब्लिङ युनिट खडा गरिसकेको छ । शुक्रवार नै कम्पनीले 'द क्लासिक ३५०’ स्क्रम ४११’ सार्वजनिक गरेको छ । गुलेरियाले यी दुई बाइकसँगै नेपालमा नयाँ युनिट सञ्चालन गर्न पाउँदा आफू उत्साहित भएको बताए । कम्पनीका अनुसार 'द क्लासिक ३५०’ उत्कृष्ट रेट्रो शैलीको मोटरसाइकल हो । उक्त मोटरसाइकलमा सिंगल च्यानल एबिएस जडित छ । यो विभिन्न ६ रङमा उपलब्ध हुने बताइएको छ । कम्पनीले यो बाइकको मूल्य चार लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।   त्यसैगरी नेपाली बजारमा सार्वजनिक गरिएको स्क्रम ४११ रोयल इन्फिल्डको पहिलो शहरी एड्भेन्चर क्रसओभर हो । कम्पनीका अनुसार यसलाई रोयल इन्फिल्डको एलएस–१४० इन्जिन प्लेटफर्म र ह्यारिस पर्मर्फेन्स चेसिसमा निर्माण गरिएको छ । सात रङमा उपलब्ध यो बाइकको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । यी दुई मोटरसाइकल सार्वजनिक गर्नुअघि काठमाडौंदेखि नगरकोटसम्म परीक्षण गरिएको थियो ।

सानो इन्जिन र उत्कृष्ट पर्फमेन्स भएका दुई मोटरसाइकल, मूल्यमा २३ हजार फरक

काठमाडौं । साना इन्जिनलाई पनि निकै पावरफुल बनाउन कम्पनीहरुले काम गरिरहेका छन् । नेपालमा सीसीको आधारमा मोटरसाइकल, स्कुटर र कारमा कर लाग्ने भएको कारण ठूला र पावरफुल इन्जिन भएका मोटरसाइकल किन्न सक्ने अवस्था छैन । सरकारले सबैभन्दा कम कर लगाएको १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा स्टाइल र पावर पाउन निकै मुस्कील पर्छ । त्यसमाथि अहिले […]

रिभ्यू : टीभीएस अपाचे आरटीआर १६० फोर–भी

टीभीएस मोटर्सको लोकप्रिय मोटरसाइकल ‘टीभीएस अपाचे आरटीआर १६० फोर–भी’ यतिखेर बजारमा निकै चर्चामा छ । डिजिटल नेभिगेसन सिस्टम, ब्लूटुथ कनेक्टिभिटीसहितको मोटरसाइकलमा थप थ्री मोड राइड सिस्टम तथा एबीएस (अटोमेटिक ब्रेकिङ सिस्टम) समेतको सुविधाले आरटीआर फोर–भी लाई विशेष बनाएको हो । मोटरसाइकलको आकर्षक साजसज्जा र उत्कृष्ट पावर पिकअप त छदैछ । १६० सीसी इन्जिन क्षमताको मोटरसाइकलमा कम्पनीले थ्री मोड प्रदान गरिएको छ । अर्थात् बाटोको अवस्था र आवश्यकता अनुसार मोटरसाइकलको गति र पावरलाई

बेस्ट ईन क्लास ‘टीभीएस अपाचे आरटीआर १६० फोर–भी’

टीभीएस मोटर्सको लोकप्रिय मोटरसाइकल ‘टीभीएस अपाचे आरटीआर १६० फोर–भी’ यतिखेर बजारमा निकै चर्चामा छ । डिजिटल नेभिगेसन सिस्टम, ब्लूटुथ कनेक्टिभिटीसहितको मोटरसाइकलमा थप थ्री मोड राइड सिस्टम तथा एबीएस (अटोमेटिक ब्रेकिङ सिस्टम) समेतको सुविधाले आरटीआर फोर–भीलाई विशेष बनाएको हो ।मोटरसाइकलको आकर्षक साजसज्जा र उत्कृष्ट पावर पिकअप त छँदैछ । १६० सिसि इन्जिन क्षमताको मोटरसाइकलमा कम्पनीले थ्री मोड प्रदान गरिएको छ । अर्थात् बाटोको अवस्था र आवश्यकता अनुसार मोटरसाइकलको गति र पावरलाई ए

पाँच लाखभन्दा कम मूल्यमा पाइने ३ उत्कृष्ट मोटरसाइकल

काठमाडौं । बजारमा २ लाख ५० हजारदेखि १५ लाख रुपैयाँसम्मका चल्तीका मोटरसाइकल किन्न पाइन्छ । ब्राण्ड, डिजाइन र इन्जिन क्षमता अनुसार मोटरसाइकलको मूल्य निर्धारण हुने गरेका छन् । आफ्नो आवश्यकता र चाहना अनुसार सबै किसिमका मोटरसाइकल विक्री हुँदै आएपनि २०० सीसी सेग्मेन्टमा रहेका धेरै मोटरसाइकल अहिले युवाहरुको रोजाईमा पर्दै आएका छन् । अहिले २०० सीसी […]

आकर्षक डिजाइनमा RX1S एड्भेन्चर मोटरसाइकल

चिनियाँ मोटरसाइकल ब्राण्ड जोङ्गसेनले RX1S मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मोटरसाइकल निकै आकर्षक डिजाइनमा देखिएको हो । जोङ्गसेनको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल RX1S मा दिइएको निलो र सिलभर कलरको कम्बीनेस निकै उत्कृष्ट देखिएको छ । यस मोटरसाइकलमा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २४.४ […]

२५० सीसीका उत्कृष्ट ७ मोटरसाइकल, यस्तो छ इन्जिन, पावर र मूल्य

काठमाडौं । नेपालमा २५० सीसी क्षमताका मोटरसाइकल विशेषगरी युवापुस्ताको रोजाईमा पर्ने गरेको छ । नेपालको कच्ची बाटो होस् वा हाइवे सबैखाले बाटोमा २५० सीसी क्षमताका मोटरसाइकलको प्रदर्शन पनि राम्रो हुने भएकाले यूवाहरुले यसलाई धेरै मन पराएका हुन् । अहिले बजारमा मोटरसाइकल विक्री गर्ने अधिकांश ब्राण्डले २५० सीसी सेग्मेन्टमा मोटरसाइकल बिक्री गर्दै आएका छन् । पावर, […]

टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक हुँदै

काठमाडौं (अस) । नेपालमा टीभीएस अपाचे आरटीआर २०० फोरभीको बीएस–भीआई र फस्र्ट इन क्लास राइडिङ मोडसँगै बीएस भीवानसहितको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरिने भएको छ । नेपालमा टीभीएस टुह्वीलर एवं थ्रीह्वीलरको आधिकारिक बिक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले यो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।   कम्पनीले टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेजलगायत विभिन्न डिजिटल माध्यमबाट मोटरसाइकल सार्वजनिक गर्नेछ । टीभीएस अपाचे आरटीआर २०० फोरभीमा यसमा सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने आधुनिक सुविधा जडान गरिएको छ । बाइकको सिस्टममा स्पोर्ट, अर्बान र रेनमोड गरी तीन वटा मोड राखिएका छन् । यो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त बीएस भीआई कम्प्लायन्ट इन्जिन रहेको छ । अटोमोबाइल क्षेत्रमा आरटी एफआई टेक्नोलोजीलाई उत्कृष्ट मानिने गरेको कम्पनीले बताएको छ । बीएस भीआई कम्प्लायन्ट इन्जिनसहितको अपाचे आरटी आर नेपालीको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । यो मोटरसाइकलमा पहिलो पटक फस्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिबर जडान गरिएको छ भने यसको पूरै ग्राफिक रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।

५ दिनपछि होन्डाले नयाँ मोटरसाइकल ल्याउने, डिजाइन, इन्जिन र मूल्य उत्कृष्ट हुने

काठमाडौं । होन्डाको कम मूल्यको एड्भेन्चर मोटरसाइकल आगामी हप्ता बजारमा ल्याउने भएको छ । कम्पनीले ५ दिनपछि अगस्ट १९ तारिखमा नयाँ मोटरसाइकल बजारमा उतार्ने तयारी गरेको हो । होन्डाले भारतमा नै पहिलो पटक उत्पादन गर्न लागेको एड्भेन्चर मोटरसाइकल २०० सीसी क्षमताको हुनेछ । होन्डा हर्नेट २.० मा आधारित ‘एनएक्स २००’ नयाँ एड्भेन्चर डिजाइनमा आउन लागेको […]