रोयल इन्फिल्डको एसेम्ब्लिङ युनिट वीरगञ्जमा

काठमाडौं । १२२ वर्षदेखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले नेपालमा पनि मोटरसाइकल एसेम्बल शुरू गरेको छ । नेपालको व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा वीरगञ्जमा एसेम्बल शुरू गरिएको हो । एसेम्ब्लिङ युनिटका लागि रोयल इन्फिल्डले भारतबाट आवश्यक दक्ष टोली पठाइसकेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका चिफ कमर्सियल अफिसर  यादभिन्दर सिंह गुलेरियाले जानकारी दिए । उनका अनुसार वीरगञ्जको युनिटबाट हरेक वर्ष २० हजार बाइक उत्पादन गर्ने लक्ष्य रहेको र ती बाइक विश्वका अन्य स्थानमा उत्पादन भए अनुसार गुणस्तरीय हुने बताए । हालसम्म नेपालमा प्रयोग हुने उक्त कम्पनीका सबै मोटरसाइल भारतको तामिलनाडुबाट आउने गर्थे । उक्त कम्पनीले भारतको तामिलनाडुबाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा एसेम्ब्लिङ युनिट खडा गरिसकेको छ । शुक्रवार नै कम्पनीले 'द क्लासिक ३५०’ स्क्रम ४११’ सार्वजनिक गरेको छ । गुलेरियाले यी दुई बाइकसँगै नेपालमा नयाँ युनिट सञ्चालन गर्न पाउँदा आफू उत्साहित भएको बताए । कम्पनीका अनुसार 'द क्लासिक ३५०’ उत्कृष्ट रेट्रो शैलीको मोटरसाइकल हो । उक्त मोटरसाइकलमा सिंगल च्यानल एबिएस जडित छ । यो विभिन्न ६ रङमा उपलब्ध हुने बताइएको छ । कम्पनीले यो बाइकको मूल्य चार लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।   त्यसैगरी नेपाली बजारमा सार्वजनिक गरिएको स्क्रम ४११ रोयल इन्फिल्डको पहिलो शहरी एड्भेन्चर क्रसओभर हो । कम्पनीका अनुसार यसलाई रोयल इन्फिल्डको एलएस–१४० इन्जिन प्लेटफर्म र ह्यारिस पर्मर्फेन्स चेसिसमा निर्माण गरिएको छ । सात रङमा उपलब्ध यो बाइकको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । यी दुई मोटरसाइकल सार्वजनिक गर्नुअघि काठमाडौंदेखि नगरकोटसम्म परीक्षण गरिएको थियो । 

सम्बन्धित सामग्री

नेपालमा रोयल इन्फिल्ड उत्पादनको उद्घाटन

काठमाडौँ। रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ । मध्यम आकारको ९२५० सीसी देखि ७५० सीसीसम्मको मोटरसाइकलहरूमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगन्जमा एसेम्बली युनिटको स्थापना गरेको छ । भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक […]

रोयल इन्फिल्डको इलेक्ट्रिक संस्करण आउँदै, शुरुमा ५ हजार युनिट उत्पादन गरिने

काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले विद्युतीय संस्करण ल्याउने भएको छ । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको बेला रोयल इन्फिल्डले सन् २०२५ सम्ममा पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  रोयल इन्फिल्डका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले विद्युतीय गाडीको क्षेत्रमा निकै प्रगति गरेको र चाँडै नै विद्युतीय सवारीसाधन ल्याउने तयारी भइरहेको बताएका छन् । भारतको चेन्नईमा रहेको निर्माता कम्पनी रोयल इन्फिल्डले मिडलवेट सेग्मेन्टका भारतीय अटो बजारमा एकल प्रभुत्व जमाएको छ । यो बजारमा रोयल इन्फिल्ड बुलेटको ९३ प्रतिशत हिस्सा छ । यस वर्षको मार्च ३१ सम्ममा रोयल इन्फिल्डले विक्रीको हिसाबले नयाँ कीर्तिमान बनाउने तयारीसमेत गरिरहेको जनाएको छ । रोयल इन्फिल्डका प्रमुख गोविन्द राजनले भनेका छन्, 'हामीले विद्युतीय सवारी साधनको क्षेत्रमा धेरै प्रगति गरिरहेका छौं र हाम्रा धेरै कामहरू हाल उन्नत स्तरको परीक्षणको क्रममा छन् । हामी इलेक्ट्रिक मोबिलिटीको परिभाषा नै परिवर्तन गर्ने दिशामा काम गरिरहेका छौं । र, बजार हेरेर विद्युतीय रोयल इन्फिल्ड लन्च गर्ने विचार गरिरहेका छौं ।' रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक एल प्लेटफर्ममा बन्न लागेको छ । सन् २०२५ सम्ममा बुलेटको पहिलो इलेक्ट्रिक गाडी लन्च हुने अपेक्षा गरिएको छ । कम्पनीले शुरुमा वार्षिक ५ हजार युनिट विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ । यसको अनुसन्धान र विकासका लागि विज्ञ टोलीसमेत गठन गरेको छ ।  बजाज अटो, टिभिएस मोटर कम्पनी र हिरो मोटोकर्पले यसअघि नै विद्युतीय स्कुटर बजारमा ल्याएका छन् । मोटरसाइकल निर्माता रोयल एनफिल्डले EVs मा ठूलो लगानी गरिरहेको छ र विश्वव्यापी बजारले स्वीकार गर्ने EV बनाउन लागिरहेको छ । 'तपाईंले रोयल इन्फिल्डबाट बुलेटको अपेक्षा गर्न सक्नुहुन्छ, जुन विद्युतीय सवारीको सन्दर्भमा फरक मोडल हुन सक्छ,' गोविन्द राजनले भनेका छन् । गत वर्ष डिसेम्बरमा क्लासिक, हन्टर र मेटियर बुलेटको निर्माताले बार्सिलोनाको स्टार्ट-अप स्टार्क फ्यूचरमा ५० मिलियन युरो लगानी गर्ने घोषणा गरेको थियो । जसले विद्युतीय सवारी साधनको प्रविधिको लागि काम गर्छ । दुवै कम्पनीले सँगै EV को लागि प्लेटफर्म साझा गर्ने योजना बनाएका छन् । रोयल इन्फिल्डले विद्युतीय सवारीको परियोजनामा ​​६५ जनालाई रोजगारी दिएको बताएको छ । एजेन्सी