सप्तरीको राजविराज नगरपालिकास्थित खाँडो खोलामा आएको बाढीका कारण करिब चार सय घर डुबानमा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका तिलाठी, सकरपुरा र वेलईका करिब ४ सय घरमा पानी पसेको हो । बाढी प्रभावित क्षेत्र राजविराज कुनौली सडकखण्ड समेत अवरुद्ध भएको छ ।