सप्तरी : अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्।
बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका