एमालेले पाल्पा २ बाट ठाकुर गैरेलाई गर्‍यो सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले ठाकुर गैरेलाई पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिए। गैरे पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचन…

सम्बन्धित सामग्री

जनमत एमाले नेतृत्वकै सरकारको पक्षमा छः ठाकुर गैरे

काठमाडौं, ११ मंसिर । पाल्पा २ का नवनिर्वाचित सांसद एवं नेकपा एमालेका नेता ठाकुर गैरेले पाँच दलीय गठबन्धन हुँदा पनि जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् । ‘निर्वाचनमा नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने भनेर गएको हो । जनमतको ट्रेन्डले पनि त्यही आवश्यकता उजागर गरेको छ । जनचाहना एमालेको सरकार बनोस् भन्ने […]

पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो […]

पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

बुटवल – पाल्पा २ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन्। गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरैले ५ हजार १८० मत […]

साेमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा २ मा ठाकुर गैरे विजयी

पाल्पा – पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । उहाँ ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुनुभएकाे हाे गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गर्नुभएको छ ।  प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मे...

पाल्पा १ र २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवारद्वय गैरे र आचार्य

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ मा पनि मतगणना जारी रहेको छ ।   हालसम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ पाल्पा २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे (सूर्य) ले अग्रता लिएका छन् । गैरेले ६७६५ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डे (कलम) ले ५११७ मत प्राप्त गरेका छन् । यसैबीच पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्य (सूर्य) ले ६०८१ मतसहित अग्रता कायम गरेका छन् भने उनका प्

पाल्पा-२ मा एमालेका ठाकुर गैरे अगाडि, एकीकृत समाजवादी दोस्रो

पाल्पा - पाल्पा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार एमालेका ठाकुर गैरे अग्र स्थानमा हुनुहुन्छ । बगनाँसकाली गाउँपालिकाको वडा नम्बर १,२,३,४,५र ६ को मतगणना सकिँदा  गैरेले चार हजार ४२ मत पाउनु भएको छ । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मतसहित गैरेलाई पछ्याइरहनु भएको छ । यो क्षेत्रमा एमाले र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

पाल्पा-२ : आफ्नै सहयोगीसँगको प्रतिस्पर्धा पाण्डेलाई कति अफ्ठ्यारो ?

२७ असोज, पाल्पा । २०५१ सालयताका चुनावमा नेकपा एमालेबाट पटक पटक उम्मेदवार बनेका सोमप्रसाद पाण्डेलाई निर्वाचनमा सघाउने मुख्य पात्र थिए ठाकुर गैरे । २०५१, २०५६, २०६४, २०७० र २०७४ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका र ६४ बाहेकका सबै चुनाव जितेका पाण्डेलाई जिताउने मुख्य सारथी उनै गैरे थिए । तर ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डेको […]

एमालेबाट पाल्पा–२ का लागि ठाकुर गैरे सर्वसम्मत सिफारिस

क्षेत्र नम्बर २ मा भने एमाले पोलिटब्युरो सदस्य  ठाकुरप्रसाद गैरेको नाम उम्मेदवारका लागि एकल सिफारिस परेको छ ।