अमेरिकाले दिएको ५२ अर्बको निःसर्त अनुदान उपयोग गर्नैपर्छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला अहिले अमेरिका सरकारको मिलियन च्यालेन्स कर्पोरेसन (एमसीसी) द्वारा अघि बढाउन लागेको परियोजनाको नेपाल संयोजक छन् । २०४७ सालमा सडक विभागको हाइवे इन्जिनियरबाट जागिरे जीवन सुरु गरेका ६० वर्षीय सिटौला एमसीसीमा अगस्ट २०१६ मा यातायात विज्ञका रूपमा प्रवेश गरेका हुन् । पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट सिभिल इन्जिनियरमा स्नातक उत्तीर्ण सिटौलाले आईआईटी भारतबाट परियोजना व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए ।

सम्बन्धित सामग्री

अमेरिकाले संगीतलाई कूटनीतिको माध्यमको रुपमा उपयोग गर्ने

काठमाडौं । अमेरिकाले शान्ति र लोकतन्त्र प्रवर्द्धनमार्फत विदेश नीतिलाई सघाउन संगीतलाई कूटनीतिको माध्यमको रुपमा प्रयोग गर्ने भएको छ । विदेश मन्त्रालयमा आयोजित समारोहमा विदेशमन्त्री एन्टोनी ब्लिंकनले विश्व कूटनीतिका लागि सांगीतिक पहल अभियानको घोषणा गरे । वृहत्तर अमेरिकी विदेश नीतिका लक्ष्यलाई हासिल गर्न संगीत कूटनीति प्रभावकारी माध्यम हुने विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । उक्त […]

विश्वकपको नकआउट चरणमा पुग्ने ऐतिहासिक अवसरबाट चुक्यो इरान

१४ मंसिर, काठमाडाैं । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ । खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए । यस प्रक्रियामा उनी […]

अमेरिकासँगको सैन्य सम्झौताको विरोध गर्दै स्लोभाकियामा प्रदर्शन (भिडियो)

स्लोभाकियाको राजधानी ब्राटिस्लाभामा हजारौं मानिसले बुधवार विरोध प्रदर्शन गरेका छन् ।  अमेरिकासँग स्लोभाकियाले गरेको सैन्य प्रतिरक्षा सन्धिविरुद्ध मानिसहरूले विरोध प्रदर्शन गरेका हुन् । उक्त सन्धिले अमेरिकी सेनालाई १० वर्षका लागि दुईवटा स्लोभाकियाली वायुसेना बेस उपलब्ध गराउनेछ ।  त्यसबाहेक अमेरिकाले ती एयरबेसको रेखदेखका लागि समेत रकम दिनेछ ।  तर यसरी अमेरिकाले स्लोभाकियाको एयरबेस उपयोग गर्दा रुससँगको सम्बन्ध बिग्रने र दुई महाशक्तिको द्वन्द्वले स्लोभाकियालाई नकारात्मक असर गर्ने भन्दै जनताले विरोध प्रदर्शन ...

युद्धको नयाँ युग शुरू, प्रयोग गर्न थालिए सशस्त्र ड्रोन

संसारका युद्धको तरिका बदलिन थालेको छ । पहिलेपहिले लडाइँमा ड्रोन सैन्य महाशक्तिहरूले मात्र गर्ने गर्थे । तर अब यो विद्रोही र साना मुलुकहरूले समेत उपयोग गर्न थालेका छन् ।  ड्रोनलाई युद्धको प्रतिष्ठित प्रतीक तबदेखि मान्न थालियो जबदेखि त्यसमा हेलफायर मिसाइल जडान गरियो ।  त्यसपछि आएको रीपरलाई हन्टर किलर ड्रोनका रूपमा विकसित गरियो । यसअघिका ड्रोनहरूभन्दा यसको रेन्ज धेरै छ । अनि यसले बढी तौल भएका सैन्य उपकरण पनि लैजान सक्छ ।  यी किलर ड्रोनहरूलाई अमेरिकाले शत्रुमाथि निशाना लगाउनका लागि उपयोग गर्छ । शत्रुल...

युक्रेनका विषयमा रुससँग कूटनीतिक पहल गरिदिन चीनलाई अमेरिकाको गुहार (भिडियो)

रुसमाथिको प्रभावलाई उपयोग गर्दै युक्रेन संकटको कूटनीतिक समाधान खोजिदिन अमेरिकाले बिहीवार चीनलाई आग्रह गरेको छ । विज्ञहरूले यस संकटमा वाशिङटनलाई बेइजिङले सहयोग गर्ने विषयमा आशंका व्यक्त गरेका छन् ।  अमेरिकाको परराष्ट्र मन्त्रालयकी अधिकारी भिक्टोरिया नुल्यान्डले बेइजिङलाई अमेरिकाले स्पष्ट सन्देश दिएको बताइन् ।  पत्रकार सम्मेलनमा बोल्दै नुल्यान्डले भनिन्, ‘मस्कोमाथि रहेको प्रभाव उपयोग गर्दै बेइजिङले कूटनीतिको पहल गर्न हामी आग्रह गर्छौं । युक्रेनमा द्वन्द्व भएमा चीनका लागि पनि राम्रो हुने छैन । विश्व अर्थतन्त्रम...

किन उपयोग भएन निर्यात क्षमता

केही समयअघि विश्व बैंकले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनले नेपालको निर्यात क्षमता वार्षिक ९ अर्ब २० करोड डलरबराबर रहेको देखाएको थियो । यो प्रतिवेदनका आधारमा हाम्रो कुल वैदेशिक व्यापारमा नाफाको आकार बढी हुनुपर्ने हो । हामीले अहिलेसम्म १ अर्ब डलरजति पनि निकासी गर्न सकेका छैनौं । १ खर्ब रुपैयाँ हाराहारीको निर्यातलाई निकै ठूलो उपलब्धिका रूपमा बढाइचढाइ गरिरहेका छौं । निकासीको अवसर उपयोगमा किन पाछाडि छौं ? यसमा अहिलेसम्म सतही मन्थनमात्र भइरहेको छ । क्षमता दोहनमा नीतिगत र कार्यगत काम गर्न सकेका छैनौं/चाहेकै छैनौं । जबसम्म उत्पादनको लागत कटौती गर्न सकिँदैन, तबसम्म निकासी असम्भव हुन्छ । यसका लागि पूँजीको खर्च, श्रम, ऊर्जा, प्रविधिजस्ता उत्पादनका आधाभूत उपक्रमहरूको लागत न्यूनीकरण हुनुपर्छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को ५ महीनाको वैदेशिक व्यापारको तथ्यांक हेर्ने हो ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँबराबरको बस्तु आयात हुँदा निर्यात १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँमात्रै छ । समीक्षा अवधिको तुलनामा निकासी बढेको देखिए पनि व्यापारघाटा ५४ दशमलव ७० प्रतिशतले बढेको छ । चालू आवमा प्रतिदिन २ अर्ब रुपैयाँभन्दा बढी व्यापारघाटा देखिन्छ । कुल निकासीमा भटमास र पामतेलको योगदानमात्रै ५७ अर्ब ९८ करोड रुपैयाँको छ । यो भनेको दीर्घकालीन होइन, भारतीय बजार नियन्त्रण नीतिमा यसको भविष्य निर्भर छ । हामीले भन्सार दरमा चलखेल गरेर होइन, प्रतिस्पर्धी वस्तु निकासीको दिगो आधार बनाउनुपर्छ, त्यतापट्टि ध्यान गएकै छैन । बितेको ५ महीनामा वस्तु आयात करीब ६० प्रतिशतले बढेको छ । वैदेशिक मुद्रा सञ्चितिमा भार परेको भन्दै सरकार आयात नियन्त्रणमा उद्यत देखिन्छ । माग धान्न सक्ने उत्पादन र आम्दानीको स्रोत बढाउनुभन्दा आयात नियन्त्रणको सहज बाटो रोजेको छ । पेट्रोलियम पदार्थ आयातमा सबैभन्दा बढी रकम गएको छ । स्वदेशमा उत्पादन हुने विद्युत्को खपत बढाउने हो भने यसलाई प्रतिस्थापन गर्न सकिन्छ । आयात प्रतिस्थापन भनेको व्यापारघाटा कम गर्ने महत्त्वपूर्ण औजार र अवसर दुवै हो । सरकार दीर्घकालीन नीति र योजनामा मेहनत गर्नुभन्दा अल्पकालीन टालटुले नीतिमा एकोहोरिँदा कुनै पनि उपलब्धि टिकाउ हुन सकेका छैनन् । नीतिगत अस्थिरता वैदेशिक व्यापारमा घाटा वृद्धिको मूल कारण हो । निकासी अभिवृद्धिका सरकारी नीति सतही र कर्मकाण्डी लाग्छन् । स्थिर नीतिको अभावमा निर्यात वृद्धि दिगो हुन सकेको छैन । विश्व बैंकको अध्ययनअनुसार नेपालबाट कुनै पनि वस्तुको निर्यात औसतमा २ दशमलव ७ वर्षका लागि मात्रै भएको पाइन्छ । यो अस्थिर र कमजोर निर्यात नीतिको प्रतिविम्ब हो । तथ्यांकीय रूपमा हेर्ने हो भने नेपालको निर्यात क्षमता वर्षेनि कमजोर हुँदै गएको छ । नेपालले सन् २००९ मा ११६७ वस्तु निर्यात गरेकोमा सन् २०१७ सम्म आइपुग्दा यो संख्या घटेर १०९३ मा झरेको थियो । १४६ देशमा निर्यात गरेकोमा खुम्चिएर घटेर १२४ मा आएको थियो । अहिले कोरोना महामारीको असरले माग खुम्चिएको समयको व्यापारसँग तुलना गरेर निकासी बढेको भनिँदैछ, जुन पूर्ण सत्य होइन । भारतमा हुने भन्सार दर अन्तरको फाइदा उठाउन यताबाट हुने निकासीको ग्राफलाई क्षमता अभिवृद्धि मान्न सकिँदैन । भन्सार महसुलको अन्तरमा बढेको निकासीको हविगत अहिले सतहमा आइसकेको छ । भारतले खाद्य तेल आयातमा लिएको नीतिले यतिखेर यहाँका तेल उद्योगको लगानीमाथि संकटको बादल मडारिएको छ । विगतमा वनस्पति घ्यू, तामा, पित्तल, जिंकलगायत उद्योगले भोगेको समस्या पनि यस्तै नीतिको प्रतिफल थियो । तेस्रो मुलुकबाट कच्चा पादर्थ भिœयाएर भन्सार महसुल अन्तरको लाभ लिने खालको निकासीको भविष्य छैन भन्ने त पटकपटक स्पष्ट भइसकेको छ । यो प्रवृत्तिमा परिवर्तन देखिएको छैन । यस्तो निकासीले देशको व्यावसायिक साख गुम्ने जोखिम हुन्छ । निकासीको आँकडामात्रै उपलब्धि होइन । कुनै देशले निकासीबाट लाभ लिन उत्पादनमा बढीभन्दा बढी मूल्यअभिवृद्धिको खाँचो हुन्छ । नेपालको मुख्य बजार भारत भएकाले भारतबाटै कच्चा पदार्थ ल्याएर तयारी उत्पादन पठाउन सम्भव छैन । हामीले स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा जोड दिनुपर्छ । जे पनि उत्पादन गर्छौं भनेर हुँदैन । जस्तो कि, सिमेन्टमा स्वदेशी कच्चा पदार्थको उपयोग गर्न सकिन्छ । यसलाई कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ भन्नेमा ध्यान गएको देखिँदैन । भारतीय बजारको तुलनामा हामीकहाँ सिमेन्टको मूल्य किन बढी छ ? मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धी उत्पादन तयार नगरेसम्म निर्यात सम्भव हुँदैन । यसका लागि पनि स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादन र निकासीलाई प्रोत्साहनको नीति लिनु अनिवार्य छ । नेपालले अतिकम विकसित देशका रूपमा निकासीमा पाएको अधिकांश सहुलियत उपयोग गर्न सकेन । निकासीका लागि त्यसका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । कतिसम्म भने अमेरिकाले गार्मेन्टमा सहुलियत दिएकोमा गार्मेन्ट प्रोशेसिङ जोन निर्माणमै तोकिएको समय सिध्याएर गार्मेन्ट प्रोशेसिङ जोन नै खारेज गरियो । यो हदसम्मको लापरबाहीले कसरी निर्यात व्यापार प्रवद्र्धन होला ? अब सन् २०२५ पछि नेपाल विकासशील देशको सूचीमा उक्लिँदै छ । त्यसपछि त अतिकम विकसित देशको हैसियतमा पाएको निर्यात सहुलियत पाउन पनि सम्भव हुँदैन । यो अवस्थालाई ध्यानमा राखेर निर्यात व्यापार प्रवर्द्धनका प्रभावकारी योजना ल्याउन अब विलम्ब गर्ने समय छैन । तरलता अभाव पूँजीको खर्च अभिवृद्धिको मुख्य कारण बनेको छ । बैंकको ब्याज एकल अंकमा हुनुपर्ने भनिएको छ । बारम्बार यो समस्या दोहोरिन्छ । सरकारी निकाय यसको दीर्घकालीन समाधानमा उदासीन छ, टालटुले निकास पनि प्रभावकारी छैन । ऊर्जा उत्पादनमा नेपालले सुधार गरेको अवस्थामा यसलाई उत्पादनका लागत घटाउने मुख्य उपाय बनाउन नसकिने कारण छैन । सरकार भारतमा सस्तो बिजुली बेच्न तयार छ, तर स्वदेशी उद्योगलाई सहुलियत दिन अनुदार देखिन्छ । भारतमा आज उर्जाको खर्च प्रतियुनिट भारतीय ४ रुपैयाँमा झरिसकेको छ । हामीकहाँ अहिले पनि औसत १० रुपैयाँ हाराहारी तिर्नुपर्छ । उत्पादनका क्षेत्रमा सस्तो ऊर्जा दिँदा उत्पादन र रोजगारी अभिवृद्धि हुन्छ । यसले उत्पादन लागत घटाएर प्रतिस्पर्धी बनाउन मद्दत पुग्छ । ऊर्जाको आन्तरिक बजारलाई प्रतिस्पर्धी बनाउने हो भने यसमा सुधार हुन सक्छ । भारत नेपालका लागि मुख्य व्यापार साझेदारमात्र नभएर निर्यातको प्रमुख गन्तव्य पनि हो । भारतको तुलनामा प्रतिस्पर्धी उत्पादन भएमात्रै भारतीय बजारमा निर्यात सम्भव हुन्छ । भारतले वस्तु तथा सेवा करमार्पmत कर प्रणालीमा व्यापक सुधार गरेको छ । आज भारतीय उपभोक्ताले कुनै पनि बस्तु तथा सेवा उपभोगवापत तिर्ने करको तुलनामा नेपालका उपभोक्ताले ३३ प्रतिशत बढी तिरिरहेका छन् । नेपालमा मूल्यअभिवृद्धि करमा बहुदरको माग सुनिन थालेको वर्षौं भइसक्यो । सरकार यो विषयलाई सुनेको नसुन्यै गरिरहेको छ । यस्तो तथ्यबीच प्रतिस्पर्धी वस्तु उत्पादन, आयात प्रतिस्थापन र निर्यात कसरी सम्भव होला ? भारतबाट नेपालमा आउने वस्तुमा वस्तु तथा सेवा कर लाग्दैन, यसकै आधारमा पनि नेपाली उत्पादनले भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैन । हमीकहाँ यो अनौपचारिक व्यापार अभिवृद्धिको मुख्य कारण पनि बनेको छ । यसले उत्पादनमात्र होइन, स्वदेशी अर्थतन्त्रकै प्रतिस्पर्धी क्षमतालाई कमजोर बनाइरहेको छ । निर्यात क्षमता अभिवृद्धि र उपयोग दुवैका लागि उत्पादनलाई कसरी प्रतिस्पर्धी बनाउने भन्ने जिज्ञासाको सापेक्ष समाधान जरुरी छ । यसका लागि अर्थतन्त्रका प्रत्येक सरोकार प्रतिस्पर्धी बनाइनुपर्छ । उत्पादनलाई सस्तो नबनाई निकासी बढाउन सम्भव हुँदैन । जबसम्म उत्पादनको लागत कटौती गर्न सकिँदैन, तबसम्म निकासी असम्भव हुन्छ । यसका लागि पूँजीको खर्च, श्रम, ऊर्जा, प्रविधिजस्ता उत्पादनका आधाभूत उपक्रमहरूको लागत न्यूनीकरण हुनुपर्छ । करप्रणाली, उत्पादनको प्रक्रियामा लाग्ने समय, स्थानीय स्तरमा हुने अवरोधजस्ता पक्षको नीतिगत समाधानको खाँचो छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

बाइडेनको कदमले ‘तेल युद्ध’ निम्त्याउँदैछ ?

बढ्दो कच्चा तेलको मूल्य नियन्त्रण गर्न अमेरिकाले भूमिगत गुफा (पेट्रोलियम भण्डारण कक्ष) बाट पाँच करोड ब्यारल तेल निकाल्ने निर्णय गरिसकेको छ । तर, जो बाइडेनले यससम्बन्धी निर्णय गरेसँगै पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक) सँग अमेरिकाको तनाव बढ्ने देखिएको छ ।बाइडेनको कदमले आपेक प्लस देशलाई एकसाथ तनाव दिँदैछ । अमेरिकाले सञ्चित तेल भण्डार प्रयोग गर्ने खबर पाउनासाथ ओपेक प्लस देशले यसलाई ‘अनावश्यक कदम’ संज्ञा दिएका थिए । कच्चा तेल धेरै खपत गर्ने देशले रणनीतिक तेल भण्डार उपयोग

अमेरिकाले काबुल विमानस्थलमा रहेका विमान पंगु बनाएर गएपछि बेस्सरी रिसायो तालिबान

अमेरिकाले जानाजान काबुल विमानस्थलमा रहेका विमान र अन्य वाहनहरू नष्ट गरेको आरोप तालिबानले लगाएको छ ।  बदनियत राखेर अमेरिकाले यो काम गरेको तालिबानको भनाइ छ ।  अमेरिकाले हजारौं वाहन, सशस्त्र गाडी र हतियार काबुलमा छोडेको छ । जानुअघि उसले विमानस्थलमा भएका सैन्य विमान बेकामे बनाएर गएको थियो ।  हेलिकप्टरहरूको बाहिरी शीशा फुटाइएको थियो अनि प्राविधि रूपमा पनि नष्ट गरिएको थियो । अमेरिकाले अत्याधुनिक रकेट डिफेन्स सिस्टम पनि नष्ट गरेको थियो ।  अब त्यसको उपयोग तालिबानले गर्न नसक्ने अमेरिकाक...

अमेरिकी सेनाले काम नलाग्ने बनाएर छाडे जहाज र बख्तरबन्द गाडी

अमेरिकाले अफगानिस्तान छोड्नुअघि दर्जनौं जहाज, बख्तरबन्द गाडी र अन्य उपकरण काम नलाग्ने बनाएको छ।अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल केनेथ म्याकेन्जीले ७० वटा एमआरएपी बख्तरबन्द र २७ वटा हुम्भी गाडी तालिबानले प्रयोग गर्न नपाओस् भनेर हाई–टेक डिफेन्स प्रणालीलाई निशस्त्रीकरण गरेको बताएका छन्।‘ती सवारी पनि फेरि कसैले प्रयोग गर्न सक्ने छैन,’ उनले भने। उनले विमानहरू फेरि कहिल्यै उड्न नसक्ने र उपयोग गर्न सक्षम नहुने उल्लेख गरे।अमेरिकी अखबार लस एन्जल्स टाइम्सका एक रिपोर्टरले अमेरि