काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद अन्त्य गर्न जनता पार्टीको सेवक नभई स्वाभिमानी र मालिक बन्नुपर्ने बताएका छन्।
अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तनको अन्त्य हुने पर्ने भन्दै सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्तिको २०७९ मंसिर ४ को चुनावले अन्त्य गर्नुपर्ने बताएका छन्।