काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभाले १७.८९४७ प्रतिशत लाभांश पारित गरेको छ । कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । योसँगै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ