लाभांश घोषणा गरेसँगै नेशनल लाइफ इन्स्योरेन्सको सर्वाधिक रू.१५ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री

माघ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको तीन घण्टाको अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक धितोपत्र खरीदविक्री भएको हो । सो अवधिसम्ममा कम्पनीको रू. १५ करोड ६५ लाख ३१ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३८ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १८ रुपैयाँले वृद्धि हो । कम्पनीले बिहीवार लाभांश वितरण गर्ने घोषणा गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट  १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।   

सम्बन्धित सामग्री

नेशनल लाइफले साढे १४ प्रतिशत लाभांश दिने

३ वैशाख, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश दिने भएको छ । ३० चैत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र […]

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company ले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रहेको छ । कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १ सय ५२ को १५ प्रतिशतको दरले बोनस शेयरको रुपमा ६० करोड ५२ लाख ७३ हजार ७ सय २३ रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने, तथा प्रस्तावित उक्त वोनस शेयरमा लाग्ने कर रकमका लागि ०.७८९ प्रतिशतका दरले हुन आउने ३ करोड १८ लाख ५६ हजार ५ सय १२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेशनल लाइफको साधारणसभा : १९ प्रतिशत बोनस र नगद लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंह अध्यक्षतामा कम्पनीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बापतको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभा‌श पारित गरेको छ ।सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेपनि प्रतिष्पर्धात्मक बजार एवम्‌ नियामकीय प्रयासहरू साथै बीमितको

नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा आज, २०% लाभांश पारित हुँदै

फागुन २९, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा आज (आइतवार) हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २८ फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते (आइतवार) हुँदैछ । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ती […]

नेशनल लाइफ इन्स्योरेन्सले फागुन २९ मा बोलायो वार्षिक साधारण सभा

फागुन १६, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ ।  कम्पनीले सभा केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० : ३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

३५ औं वर्षमा प्रवेश गर्‍यो नेशनल लाइफ इन्स्योरेन्स

यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लगेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

काठमाडौं, १३ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति […]

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  ।

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्कमा २४.८६%को बृद्धि, बीमा कोष २६ अर्ब नाघ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्कमा २४.८६%को बृद्धि भएको छ । कम्पनीको ३२औं वार्षिक साधारण सभाले सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु.८०५.०५करोड पुगेको र रु.३५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।  ३२ औं वार्षिक साधारण सभाले आ.व.२०७५/०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर वापतको कर प्रयोजनको लागि रु.१,६२,२४,३५१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।&