नेप्सेले गर्‍यो नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

फागुन २०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले शुक्रवार कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २० को आधारमा १९ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८५७ दशमलव १४ तोकेको हो । कम्पनीले यस वर्ष शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ । सभा कम्पनीको केन्द्रीय भवन लाजिम्पाटमा बिहान १०:३० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । आइतवार समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । 

सम्बन्धित सामग्री

बाल अस्पताल बनाउन नेशनल लाइफ इन्स्योरेन्सले दियो २५ लाख

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. र काठमाडौँ इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थबीच सोमबार एक सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधीन २ सय बेड क्षमताको गैह्र नाफामूलक बालअस्पताल निर्माण परियोजनाका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलव्ध गराउन सम्झौता भएको हो […]

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो । यस्तै देशभरबाट आफ्नो […]

नेशनल लाइफ इन्स्योरेन्सको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न

काटमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । १८-२१ साउनसम्म पोखरामा सञ्चालन भएको सम्मेलनको मुख्य नारा ‘सिफ्टिङ द पाराडाइम–२०८०/८१’ रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि […]

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई नारायणी नदीमा क्रुज यात्रा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई नारायणी नदीमा क्रुज यात्रा गराएको छ । चैत २०७९ मा सञ्चालन गरिएको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहा भ्रमणका साथै नारायणी नदीमा क्रुज यात्रा गराइएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न […]

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई प्रशिक्षण दिएको छ । अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेसडर एवं राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले गरेका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई मोटिभेसनल […]

नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधरण सभालाई सम्बोधन गर्दै कम्पनीकी अध्यक्ष प्रेमा सिंहले कोभिड–१९ को प्रकोप यथावत रहेतापनि जीवन बीमा बजारका लागि राम्रो आधार सिर्जना भएको बताएकी छन् । नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी माग हुने आकलन गर्दै  […]

नेशनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वरिष्ठ अभिकर्तालाई तालिम दिएको छ । पोखराको ग्रयान्डी होटलमा पुस २ र ३ गते आयोजित तालिममा देशभरका व्यवसायिक एजेन्सी लिडरलाई सम्मान समेत गरेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आव २०७७/७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५ सयजना व्यवसायिक एजेन्सी लिडरहरुलाई ‘सम्मान एवं चियरपर्सन क्लब […]

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमा दावी भुक्तानी

सिरहा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिरहाको लहान स्थित शाखाले २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ ।सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको घातक रोग दावी रकम २५ लाख उनको भतिज गोविन्द अग्रवाललाई विमाङ्क रकम वापत भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।शकुन्तला कुमारी पोद्दारले मिती २०७६ असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले खत्रीलाई सीईओ नियुक्त गरेका हुन् । कम्पनीको सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी समितिसँग सैद्धान्तिक सहमतीको लागि पठाएको थियो। गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि […]

नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री नियुक्त

काठमाडौँ /  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सिइओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।  गत पुस ३ गतेदेखि कामु सिइओको रूपमा कार्यरत खत्री