फागुन १६, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ ।
कम्पनीले सभा केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० : ३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।