'केयू'मा खानी इन्जिनियरिङको अध्यापन हुने

देशमा आवश्यक रहेको माइनिङ (खानी) इन्जिनियरको आवश्यकता पुरा गर्नका लागि मद्दत गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय (केयू)ले यस वर्षदेखि स्नातक तहमा खानी इन्जिनियर विषयको अध्यापन सुरु गर्ने भएको छ ।

सम्बन्धित सामग्री

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

२८ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । उक्त विषयमा […]

नेपालमै ‘खानी’ इञ्जिनीयर उत्पादन गर्दै काठमाडौं विश्वविद्यालय

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनीयरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनीयरिङ (खानी इञ्जिनीयर) को अध्यापन शुरू गर्ने भएको हो ।  देशभित्र ‘खानी’ इञ्जिनीयरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गराइने जनाएको छ । उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन शुरू गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले बताए ।  'देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनीयरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनीयरिङको अध्यापन शुरू गर्न लागेका हौँ,' उनले भने । नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ । 'पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ,' उनले भने  । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ । नेपालमा खानी इञ्जिनीयरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ ।  यस्तै केयूले शुरू गर्न लागेको भू–विज्ञान तथा माइनिङ इञ्जिनीयरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो ।    केयूले दुई साताअघि मात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो । सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महीनामाभित्र सुरुङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू(विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो ।

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काठमाडौँ, २ ८ फागुन । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू(विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर) को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । […]

काठमाडौं विश्वविद्यालयमा खानी इन्जिनियरिङको अध्यापन हुने

बनेपा, फागुन २४ । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ। देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन गर्ने तयारी गरेको हो। केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले […]

विकास प्रयासमा क्रमिकता

विश्व आआफ्ना दृष्टिकोण, स्वार्थ, प्रतिबद्धता आदिको आधारमा हेर्ने हो भने विकास गर्नुपर्ने ठाउँहरू अनेक छन् र होलान् । तर, अहिले २ वर्षभित्र के गर्न सकिन्छ भनेर गहिरिएर जाने हो भने पहिलो चरणमा भ्रष्टाचार नगर्नेलाई अख्तियारी दिने प्रयास होस् । भारतका सडक परिवहन मन्त्री नीतिन गडकरीले जुन शैलीबाट भ्रष्टाचार रोकेर सडक निर्माणमा क्रान्ति ल्याए यहाँ पनि सोही प्रकृतिका मन्त्रीहरूको खोजी गरांै । कृषि उत्पादनको वृद्धिबाट देशलाई बेरोजगार मुक्त गराउन सजिलो छ । जमीन बाँझो छ, जीवन भोको छ, काम गर दाम बुझ । त्यति काम राज्यले गर्न सक्छ । साँच्चै परिश्रम गर्ने मानिसको खाँचो नै छ । यो व्यवस्था लागू गरियो भने दाम कमाउन कति दुःख छ भन्ने कुरा सबैले बुझ्छन् । सरकारले गर्नुपर्ने काम धेरै छन् तर त्यसमध्ये केही काम छिटो नगरी नहुने किसिमका छन् । नेपालका लागि आजको मितिमा पहिलो आवश्यकता कृषिमा आधुनिकीकरण गरेर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनु हो । मानव जीवनको पहिलो आवश्यकता गाँस हो र यसको प्रमुख आधार कृषि हो । कृषिमा पहिलो प्राथमिकता धान, मकै, गँहु, कोदो र समानान्तर रूपमा तोरी, सस्र्युं र भटमासमा ध्यान केन्द्रित गरी आलु, प्याज र लसुनको उत्पादनमा रणनीतिक योजना बनाई देशको पेट पालौं । तरकारी खाडी मुलुकमा निर्यात गर्ने उत्साहका साथ सम्पूर्ण उद्यमी परिचालन हुने गरी कृषि उत्थानको प्रयास गरौं । आज बेलायतमा तरकारीको अभाव छ, पाकिस्तान लगभग भोकमरीको अवस्थामा छ । त्यहाँबाट पाठ सिकेर कुन तरीकाले कृषि उत्पादन बढाउन सकिन्छ, त्यसमा साधनस्रोत राम्रोसँग परिचालन गरौं । पौष्टिक अन्न सबै प्रकारका विकासको पहिलो आधार हो । नेपाल सरकारले ध्यान दिनुपर्ने दोस्रो प्रमुख काममध्ये सक्दो छिटो काठमाडौं–निजगढ दु्रतमार्ग पूरा गर्ने र तराई–काठमाडौं अर्थात् वीरगञ्ज, निजगढ, कलैया, हेटौंडालाई ३ घण्टाभित्रको मार्गमा जोड्ने र यो बेल्टको शहरीकरणलाई उदाहरणीय र प्रक्रियागत रूपमा विस्तार गर्दै लैजानु हो । साथै पृथ्वी राजमार्ग ४ देखि ६ लेनको बनाउनुपर्छ । यो सबैभन्दा धेरै मानिस ओहोरदोहोर गर्ने पर्यटकीय क्षेत्र भएकाले पोखरा गन्तव्यमात्र नहोस्, नेपालका विशेषताहरू झल्कने गरी फलफूल बगैंचा, चमेनागृह, सडकमै देख्न पाइने गरी सडक विस्तार गरौं । यी दुई सडक त्यस्ता सडक हुन् जहाँ लगभग सबै नेपाली पटकपटक हिँड्नुपर्ने  नै हुन्छ । सडकले गर्दा जुन तरीकाले बुटबल र भैरहवा जोडिने क्रममा छ, त्यही तरीकाले तराई र उपत्यका जोड्नुपर्छ । नेपालका लागि सुविधा सम्पन्न अस्पतालहरू बनाएर नागरिक स्वास्थ्य प्रणाली पहुँचयुक्त बनाउनुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानीका पूर्वाधार लगभग पुगिसरी हुनाले यसलाई प्रभावकारी बनाउने जिम्मा प्रशासनतन्त्रमा रहन्छ । दुर्भाग्य प्रशासनतन्त्रमा ओभर स्टाफिङ छ र जवाफदेहीको पनि कमी छ । हरेक क्षेत्रमा स्थायी कर्मचारीको संख्या घटाउन आवश्यक छ । कोरोनाले देशको सम्पूर्ण जनता चार गाँस खान र कोठाभाडा तिर्न नसकेर प्याकप्याक भएको र विदेशमा गएका नेपालीसमेत बेरोजगार भएको कालरात्रिमा राज्यले प्रत्येक बेतनभोगीलाई जुन सम्मानका साथ पूर्ण तलबभत्तासहित पालेको थियो त्यो गुन सम्झेर पनि सबै इमानदार भएर स्वकर्म सक्षमता र उत्कट मनोभावका साथ काम गर्ने हो भने देशको जीडीपी केही मात्रामा सुधार हुन्छ । त्यसैले प्रत्येक कर्मचारीलाई स्वकर्तव्यप्रति सचेत बनाएर शिक्षा, स्वास्थ, खानेपानीलगायत सेवामा जनतालाई आश्वस्त पार्नु अति आवश्यक छ । सरकारले तेस्रो रणनीतिका रूपमा निकै कम खर्चमा नेपालको खनिज पदार्थको खोजीमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यदि युरेनियम, लिथियमजस्ता खनिज उपलब्ध छ भने खोजी गर्दा केही छिटो जीवन स्तर उठाउन सकिन्छ । यी खनिजको माग अन्तरराष्ट्रिय बजार अति नै बढी छ । त्यसैले हामीसँग यस्तै केही सम्पदा छन् भने त्यसका माध्यमबाट आम जनताको मुहार फेर्न केही गर्न आवश्यक देखिन्छ । यद्यपि यो आकाशे फल हो तर विश्वमा सवैभन्दा बढी बहुमूल्य खनिज पदार्थको सम्भावना भएको देश नेपाल हो । त्यसैले सम्पन्नताका लागि साधनको खोजी गर्ने अभियानमा हामी लाग्नुपर्छ । यदि भ्रष्टाचार नहुने हो भने हामी त्यति गरीब पनि छैनौं । तर, यसलाई रोक्ने काम कुनै लेख, भाषण आदिबाट सम्भव हुँदैन । त्यसैगरी चुनावको खर्च उठाउने नाममा पनि अनेक ठाउँमा नीतिगत भ्रष्टाचार भएका छन् । यो खानी खोज्ने काममा पनि आम्दानीभन्दा खर्च बढी हुने डर छ । सुशासनका नारा केबल कागजमा सीमित भएका छन् । डिजिटल कारोबारले केही मात्रामा भ्रष्टाचार रोक्ने प्रयास भए पनि नीतिगत भ्रष्टाचार रोक्न हामी असफल नै छौं । समग्रमा भ्रष्टाचार रोक्न कुनै कानून सुधार गर्न पनि पछि पर्न हुँदैन । चौथो सरकारले तत्काल बेरोजगारलाई कामको बदला दाम दिने नीति बनाउनुपर्छ । मानिस भोको मर्नु हुँदैन तर काम नगरी त्यसै खाने व्यवस्था पनि गरिदिनु हुँदैन । रोजगारी खेतमा दिने हो । प्रत्येक बेरोजगार भोकै मर्ने अवस्थामा छ भने बाँझो जमीनमा ४ घण्टा उसले सक्ने काम गराउने र तत्काल रकम दिने गर्नुपर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता कार्यक्रमको रकमलाई उत्पादनमा मात्र लगाउनुपर्छ । शैक्षिक योग्यताअनुसारको जागीर आफ्नो सृजनशीलता र मेहनतले खोज्ने हो राज्यले खाना र कपडाको व्यवस्था गर्ने हो । कृषि उत्पादन बढाउन, अनाज र तेलहनलाई सस्तो बनाउन कामको बदला दाम अभियान चलाउनुपर्छ । जनता भोको मर्नु हुँदैन, बच्चा निरक्षर हुनु हुँदैन । सामान्य उपचार राज्यले दिनुपर्छ तर गर्न सक्ने काम नगरी पैसा प्राप्त गर्ने उपाय विश्वमा अहिलेसम्म बनेको छैन । सक्नेले आफ्नो ज्ञान, प्रतिभा र शीपबाट नयाँ व्यवसाय गरोस जसले सक्दैन, उसबाट केही न केही उत्पादन गराएर दाम दिने परिपाटी अनिवार्य छ । कृषि उत्पादनको वृद्धिबाट देशलाई बेरोजगार मुक्त गराउन सजिलो छ । जमीन बाँझो छ, जीवन भोको छ, काम गर दाम बुझ । त्यति काम राज्यले गर्न सक्छ । साँच्चै परिश्रम गर्ने मानिसको खाँचो नै छ । यो व्यवस्था लागू गरियो भने दाम कमाउन कति दुःख छ भन्ने कुरा सबैले बुझ्छन् । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान

कुल गार्हस्थ्य उत्पादनमा देशको प्राथमिक क्षेत्रको अंश दिनप्रतिदिन घट्दै गएकोे छ जसका कारण परनिर्भरता पनि बढ्दै गएको छ । केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषिलगायत प्राथमिक क्षेत्रको योगदान प्रत्येक वर्ष ओरालो लाग्दै गएको छ । प्राथमिक क्षेत्रअन्तर्गत कृषि, वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्र आदि पर्छन् । यस क्षेत्रमा रोजगारीको सृजना हुन नसक्दा गार्हस्थ्य उत्पादन नराम्रोसँग संकुचित हुन पुगेको छ । प्राथमिक क्षेत्रको वृद्धिदर कम हुँदा र अर्थतन्त्रमा यसको योगदान घट्दै जाँदा बेरोजगारी समस्या पनि बढ्दै गएको छ । यही कारण आज परनिर्भरताको ग्राफ सोचेभन्दा पनि ज्यादै माथि उक्लँदै गएको छ । सेवाक्षेत्रको अंश तीव्र गतिमा बढे पनि उत्पादनमूलक क्षेत्रमा उल्लेखनीय परिवर्तन नहुँदा अर्थतन्त्रमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो । अर्थतन्त्रमा प्राथमिक क्षेत्रको योगदान घटे पनि उत्पादनमूलक क्षेत्र विस्तारको गति बढेको भए त्यसको खासै फरक पर्दैन थियो । उत्पादनमूलक क्षेत्रको सट्टा सेवा क्षेत्रको विस्तार धेरै हुँदै गए पछि आन्तरिक उत्पादन र रोजगारी सृजनामा सकारात्मक प्रभाव नपरेका कारण नै झन्झन् परनिर्भरता बढ्दै गएको हो । विगत १० वर्षको प्राथमिक क्षेत्रको योगदानलाई विश्लेषण गर्ने हो भने त्यो निरन्तर ओरालो लागेको देखिन्छ । सेवाक्षेत्र उच्च दरमा बढ्दै जाँदा प्राथमिक क्षेत्र न्यून दरमा बढेका कारण अर्थतन्त्रमा यसको अंश घट्दै गएको हो । आव २०६७/६८ को प्राथमिक क्षेत्रको योगदान ३४ प्रतिशत रहेकोमा आव २०७८/७९ मा आएर २४ दशमलव ५ प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्ष (आव) कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण भए पनि कृषि, वन, मत्स्य क्षेत्रको योगदान १० खर्ब ७१ अर्ब ९३ लाख रुपैयाँ रहेको छ । प्राथमिक क्षेत्रमा कृषिक्षेत्रको योगदान ज्यादै घट्दा अभाव, महँगी, भोकमरी पनि बढ्न गएको छ । चालू आवमा धानको उत्पादनमा ह्रास आएका कारण धानचामलमा परनिर्भरता बढ्न पुगेको हो । कृषि उत्पादनमात्र घटेको छैन अन्य प्राथमिक क्षेत्रको योगदानसमेत घटेको छ तर जनसंख्या भने बढ्दै गएको छ । यसरी कृषिक्षेत्रको उत्पादन र वृद्धिदर कम हुँदा अर्थतन्त्रमा नराम्रो असर परेको पाइन्छ । कैयन् युवा रोजगारीका लागि विदेश पलायन हुन पुगेका छन् । फर्केर आएका युवाशक्ति जो स्वदेशमा नै केही गर्न चाहन्छन् जसलाई राज्यले प्राथमिकता नदिँदा र प्राथमिकताको क्षेत्रमा नराख्दा पनि देशको समग्र कृषि उत्पादन घट्न पुगेको छ । आज कृषिको उत्पादन नबढ्दा परनिर्भरता बढेको छ । पछिल्लो समयमा आएर कृषिक्षेत्रको वृद्धि दर न्यून हुँदा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आयात बढ्दै गएको छ । कृषिक्षेत्रको वृद्धि दर घट्नु भनेको खाद्यवस्तुको उत्पादन घट्नु हो र आयात बढ्नु हो । स्वदेशमा नै उत्पादन हुने खाद्यान्न, फलफूल, तरकारीको समेत माग धान्न नसक्दा उच्च मात्रामा विदेशबाट ती वस्तु आयात हुने गरेको देखिन्छ । नेपालजस्तो कृषि प्रधान देश अरूको कृषि प्रदानबाट बाँच्नुपर्ने अवस्थाबाट गुज्रिरहेको छ जुन क्रम कति वर्षसम्म चल्ने हो कसैलाई थाहा छैन । यसको मूल कारण राज्यको प्राथमिकतामा कृषिक्षेत्र पर्न नसक्नु नै देखिन्छ । अझै पनि सरकारले कृषिलाई आधुनिकीकरण गर्दै युवालाई यस क्षेत्रमा स्वत:स्फूर्त रूपमा आकर्षित गर्न पछाडि परेको देखिन्छ । त्यसैले कृषिलाई आधुनिकीकरण गरेर पूर्णरूपमा निर्भर बनाउने मार्गमा सरकार आजैबाट लाग्नुपर्ने देखिन्छ । विदेशबाट आयात गरिएका विषादीयुक्त फलफूल, तरकारी र खाद्यान्न खाएर जीवन बाँच्न संघर्ष गर्नुपर्ने नियति एकातिर छ भने अर्कोतिर विषादीका कारण विभिन्न रोगबाट पीडित बन्नुपर्ने नियति पनि भोग्नु परेको छ । सिँचाइ, मलखाद, बीउ, प्रविधिका कारण कृषि पेशाप्रति कृषकहरूको वितृष्णा बढेको छ जसका कारण विदेश पलायन हुने क्रम पनि दिन दुईगुणा रात चौगुणाका दरले बढेको छ । स्वदेशमा नै उत्पादन गर्न सकिने खाद्यान्नका लागि पनि परनिर्भर हुनुपर्दा निर्यातको तुलनामा आयातको ग्राफ सगरमाथाझैं चुलिएको छ । यसको उदाहरण नै चालू आवको पहिलो ९ महीनामा ६१ अर्ब ६९ करोड २९ लाख ८१ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांकले पर्याप्त छ । १ दशकमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको अंश कसरी निरन्तर ओरालो लागेको छ भन्ने कुरा तालिकाबाट स्पष्ट हुन्छ । कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान आव २०७१/७२ सम्म ३० प्रतिशतमा रहेकोमा आव २०७२/७३ मा १ प्रतिशत घटेर २९ प्रतिशतमा झरेको थियो । आव २०७५/७६ बाट निरन्तर झर्दै २५ प्रतिशतको रहेको प्राथमिक क्षेत्रको योगदान आव २०७८/७९ मा झरेर २४ दशमलव ५ प्रतिशतमा पुगेको देख्न सकिन्छ । अत: कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदानलाई वृद्धि गर्न सरकारले विभिन्न प्रकारका योजना, नीति तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्छ र जसका लागि आवश्यक बजेट पनि समयमा नै विनियोजन गर्नुपर्छ । सम्भावना भएर पनि हामी नेपालीले अभाव र परनिर्भरतामा बाँच्नु परिरहेको छ जसको अन्त्य गर्दै समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूर्ण गर्न राज्यले बेलैमा गहन रूपमा सोच्ने बेला आएको छ । लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा अध्यापन गर्छन् ।

किन चाहियो पैसा !

पैसाको सन्दर्भमा केहीले के भन्ने गर्छन् भने मरेर के लानु छ र ? बाचुन्जेल ढुक्कले खान पुगे भयो । वास्तवमा यस्ता शब्दहरू बच्चाहरूको अगाडि बोल्नु पनि पाप हो । कसैले त केसम्म भन्छन् भने सिकन्दर पनि खाली आएको थियो खाली हात नै गयो । तर, मानव मात्रले बुझ्नुपर्ने के छ भने खाली हात मर्नुपर्छ भने पनि सिकन्दर बनेर मर्नुपर्छ ऐरेगैरे नथ्थु खैरे बनेर होइन । मर्नुमा पनि मजा आओस् । मर्दा केही लाने होइन, ज्यूँदो छँदा पनि विभिन्न रोगले गर्दा केही खान नमिल्ने होस् तर कमाउने प्रयास त गर्नुपर्छ बरु त्यो सम्पत्ति कसैलाई दान दिएर नै मर्न किन नपरोस् । मानिसले आफ्नो जीवनमा सबैभन्दा माथि पुग्ने प्रयास गर्नबाट कहिल्यै पछि हट्नु हुँदैन । पैसा कमाउने प्रयासबाट वञ्चित हुनु हुँदैन । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरिकाले सोचेर लगानी गर्ने हो भने कमाइ नहुने भन्ने छँदै छैन  । लगानी गर्दा अलिकति सोचविचार भने गर्नुपर्छ । पैसा लगनशीलता, जोखिम ग्रहणता, धैर्य र निरन्तर प्रयासको प्रतिफल हो । यसैको माध्यमबाट मानिसले अनेक खुशी किन्न सक्छ समुद्रको किनारमा जलको छालसँग खेल्न सक्छ । अनेक व्यक्तिलाई पुरस्कार दिन सकिन्छ, भोकोलाई गाँस, र नाँगोलाई कपास दिन सकिन्छ । त्यसकारणले पैसा कमाउने विषयमा कहिल्यै बहाना नबनाऊँ । यो हातको पौरख, मुटुका लागि साहस, दिमागका लागि इन्टेलिजेन्स हो, अनजान ठाउँमा वास हो र जीवन जिउने अति महŒवपूर्ण प्रयास हो । यी विविध कारणले गर्दा पैसा कमाउन निर्भयका साथ लगानी गरौं । लगानी जहिले पनि सम्पत्तिमा गराैं दायित्वमा होइन, जस्तै जग्गा, घर शेयर, शिक्षा, आदि सम्पत्ति हुन् यी सबैले थप आम्दानी दिन्छ । तर, महँगो कार, घोडा, महँगो सुट, घडी मोबाइल, आवश्यकताबाहेक गाडी आदि सबै दायित्व हुन् । त्यसैले सम्भव भएसम्म दायित्वमा भन्दा सम्पत्तिमा लगानी गरौं । अमेरिकामा २ श्रीमान् श्रीमती थिए तर दुई बीच झगडा थियो, सधैं झगडा हुन्थ्यो । श्रीमती लोग्नेको सम्पत्तिका लागि मात्र पतिसँग बसेकी थिइनन् । १ दिन यो दम्पत्तिबीच सम्बन्ध विच्छेदको अवस्था आयो । श्रीमतीले ठूलो धनराशी लिएरमात्र छोडपत्र दिने भइन् । अन्तिममा त्यो लोग्नेसँग केबल ७० डलर बच्यो । उमेर गएको थियो लगानी गर्ने पैसा थिएन । बाँचेर पनि के खाने कुनै थप उपाय थिएन । उसले आत्महत्या गर्ने सोच्यो अनि आत्महत्या गर्न डेराबाट निस्क्यो । बिहानै थियो, आत्महत्या त जतिबेला गरे पनि हुन्छ तर यो ७० डलर लगेर क्यासिनोमा थापें भने कतै टन्न पैसा कमाइ हाल्छु कि भनेर, क्यासिनोतिर मोडियो । क्यासिनो पैसा लगाउन जानेको भीड थियो । लाइनमा उसले एउटा पत्रिका उठाएर हेर्न थाल्यो जुन बाटोमा यसै फ्याकिएको थियो । यो पत्रिकामा एउटा लीलामीको सूचना थियो । ऊ उभिएको केही किलोमीटर पर सरकारले एउटा खानी लीलामी गर्दै थियो र त्यसको मिति आज नै थियो । उसले सोच्यो यो क्यसिनोमा भीड बढी छ बरु त्यही लीलामी स्थलमा गएर हेरौं के छ तमाशा । ऊ खानीस्थलतिर गयो । अचम्म कोही पनि त्यो खानीमा लगानी गर्न आएको थिएन किनकि सरकारले समेत केही गर्न नसकेर लीलामी गर्दै थियो । त्यति बेला ऊ एक्लो बिड गर्ने व्यक्ति थियो उसले केबल ७० डलरको बोली लगायो । त्यो खानीमा सुन निकाल्न सरकाले करोडाैं लगानी गरेको थियो । केही ननिस्केपछि लीलामी हुँदै थियो । अरू कोही प्रतिस्पर्धी नभएपछि खानी उसको भयो । त्यति बेला लीलामीमा न्यूनतम योभन्दा बढीको बोली लगाउनुपर्ने भन्ने नियम हुँदैनथ्यो । न्यूनतम मूल्यको नियम सन् १९९२ पछि मात्र शुरू भएको हो । यसरी ७० डलरमा कसैलाई काम नलाग्ने खानी उसको नाममा आयो । अब यसैमा मर्नुपर्ला भन्ने सोच्दै थियो । उताबाट केही मानिस उसको नजिक आए र भने अब तपाईं हाम्रो मालिक हुनुभयो । हामी यहाँ खन्ने कामदार हौं । आज ५ बजेसम्मको ज्याला हामीले बुझिसकेका छौं । अझ ३ घण्टा दिन बाँकी छ, हामीले खनौं कि के गराैं ? उसले भन्यो ज्याला बुझेकाले खन्नुहोस् । कामदारले खन्न थाले । हर्षको कुरा त के भयो भने त्यो खानी थप ३ फीट खन्नासाथ सुन निस्कियो । ऊ लाखाैं टन सुनको मालिक बन्यो । यो हो, पैसाको करामत वा लगानीको महत्त्व, ३ फीटले उसको बदलियो जिन्दगी । पैसाले यस्ता चमत्कार गरेका अनेक उदाहरण छन् । नेपालको शेयरबजारमा गरेको लगानीले पनि दोस्रो बजारमा ११३ मा किनेको शेयर १० महीनामा १३३० बनेको छ । त्यसैले पैसाको लगानीमा महान् शक्ति हुने भएकाले यसका लागि अनेक तरीकाले प्रयास गरौं । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरीकाले सोचेर लगानी गर्ने हो भने कमाई नहुने भन्ने छँदै छैन, अपवादलाई छोडेर । लगानी गर्दा अलिकति सोचविचार गर्नुपर्छ । लाभदायक क्षेत्र छनोट गर्नुपर्छ । अन्य जोखिम लिन सकिँदैन भने पनि मुद्दतीमै भए पनि पैसा राख्ने हो भने धेरथोर नियमित ब्याज आउँछ । सरकारी बन्ड वा ट्रेजरी बिलमा पनि लगानी गर्न सकिन्छ । पैसा यो जगत्को सबैभन्दा सशक्त प्रजनन शक्ति भएको साधन भएकाले यसलाई निष्क्रिय नगरौं । लगानीविना पैसा अधुरो हुने भएकाले हरेक विद्यार्थीमा व्यवसाय तथा उद्यमशीलता सम्बन्धी सोचको विकास हुनुपर्छ । हुनेहरूले पैसालाई सन्तानहीन बनाउन रोक्ने हो भने अन्य हजाराैं बेरोजगारले रोजगारी पाउने अवसर सृजना हुन जान्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

खानी इन्जिनियरिङको अध्यापन हुने

काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ। देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन गर्ने तयारी गरेको हो।