जुम्ला : जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय जीर्ण हुँदा पनि तीनवटै सरकार उदासीन देखिएका छन्। २०३७ सालमा स्थापित शिक्षालयमा अध्ययनका लागि विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन्।रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन्। उचित तारबार र शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ।कुनै वेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ। कर्णाली प्राविधिक शिक्षालय जुम्लाको शैक्षिक पर्यटन गन्तव्य पनि हो।अहिले पनि हरेक आन्तरिक पर्यटकको रोजाइ बन्छ। शिक्षालय प्र