दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापित कर्णाली प्राविधिक शिक्षालय पछिल्लो समयमा आर्थिक अभावका कारण थलिँदै छ । २०३७ सालमा मुलुककै जेठो शिक्षालयका रूपमा स्थापित भएको यो शिक्षालय अहिले तीनै तहको प्राथमिकतामा परेको छैन । स्थानीय तह र प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन्छन् । केन्द्र सरकारको दृष्टि पुग्न सकेको छैन । रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन् । उचित घेराबार र शिक्षालयभित्रको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गइरहेको छ ।