रोकिएन यौनजन्य हिंसा

नेपालमा प्रत्येक दिन सरदर छवटा जबरजस्ती करणीसम्बन्धी अपराधका घटना हुने गरेका छन् ।

सम्बन्धित सामग्री

छोरीलाई यौनजन्य हिंसा गर्ने धादिङका पुरुष थुनामा

काठमाडौं । आफ्ना ३ जना छोरीहरुलाई यौनजन्य हिंसा गर्ने धादिङका ३६ वर्षीय एक पुरुष अहिले पुरपक्षका लागि थुनामा छन् । बालिकालाई पटक पटक यौन हिंसा गरेका कारण मानसिक रुपमासमेत विक्षिप्त भएका छन् । एक जना बालिकाको गर्भमा बच्चा बसेका कारण सुरक्षित गर्भपत समेत गराउनु परेको थियो । सुरक्षित आवास गृहमा रहेका पीडितहरु एउटा सरकारी विद्यालयमा […] The post छोरीलाई यौनजन्य हिंसा गर्ने धादिङका पुरुष थुनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यालयमा हुने यौनजन्य हिंसा समेत रोक्ने गरी ऐन संशोधनको तयारी

सामुदायिक विद्यालयमा हुने यौनजन्य हिंसासमेतलाई समेट्दै कार्यस्थलमा हुने यौनजन्य हिंसा दुर्व्यवहारसम्बन्धी ऐन संशोधनको तयारी थालिएको छ।...

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्

५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा

पछिल्लो समय किशोरीहरु आफूमाथि भएको यौन हिंसाको बारेमा बोल्न थालेका छन् । ५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यौन हिंसाका बारेमा अनुसन्धानरत संस्था ओरेकले सार्वजनिक गरेको तथ्याङ्कले बालिका तथा किशोरी विद्यालयमै सुरक्षित नभएको देखाएको हो ।ओरेकले वि.सं. २०७८ चैतदेखि २०७९ वैशाखसम्म ३९० वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ । यो अवधिमा संकलन भएका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढि ५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा भएको पाइएको छ ।जसमा

बहिरामाथि यौनजन्य हिंसा बढी

काठमाडौं (अस) । बहिरा व्यक्तिमाथि हुने विभिन्न हिंसामध्ये यौनजन्य हिंसा बढी हुने गरेको पाइएको छ । राष्ट्रिय बहिरा महासंघले गरेको एक अध्ययनले यस्तो देखाएको बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महासंघले २१ जना बहिरा व्यक्तिमाथि भएको हिंसा, विभेद तथा अनुभवबारे अध्ययन गरेको थियो । त्यसमा ९ जना बहिरा महिलाले आफूमाथि यौनजन्य हिंसा भएको बताएका थिए । बहिरा भएकै कारण आफूहरूमाथि यौनजन्य हिंसा भएको उनीहरूको भनाइ थियो । यस्तै सरकारी सेवा सुविधाबाट वञ्चित भएको, सञ्चार प्रभावकारी नहुँदा अफ्ठ्यारो परेको बहिरा व्यक्तिहरूले बताएका छन् । महासंघले प्रत्येक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्न माग गरेको छ । ‘बोल्न र सुन्न सक्ने अवस्था नहुँदा बहिरा व्यक्तिले सरकारी सेवासुविधा राम्रोसँग प्राप्त गर्न सकेका छैनन्,’ महासंघका अध्यक्ष केपी अधिकारीले भने । यसैगरी बहिरा नागरिकलाई गुणस्तरीय शिक्षाका लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने पनि उनले बताए । साथै, सांकेतिक भाषाको विकास गर्न अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने उनको भनाइ छ । नसुन्ने र बोल्न नसक्ने महिलामाथि देशका विभिन्न स्थानमा यौनहिंसा भएको र दोषीमाथि कारबाही समेत हुन नसकेको भन्दै महासंघले दोषीलाई कारबाहीका लागि सशक्त कानून ल्याइनुपर्नेमा जोड दिएको छ ।

यौनजन्य हिंसाका उजुरीको हदम्याद हटाउन माग

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन्।     समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्याद तोक्न नहुन’भन्ने विषयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले म्याद खारेजीको लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताइन् । ध्यानाकर्षण पत्रमा महिलामाथि हुने

महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह

काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको छ ।निर्देशनालयले भनेको छ– ‘लैंगिक हिंसा भएमा प्रहरीको १०० नम्बर बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गरौं ।’ कोभिड महामारीको बी