काठमाडौं । कञ्चनपुरस्थित तत्कालीन महेन्द्रनगर नगरविकास समितिमा व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि महेन्द्रनगर नगर विकास समितिमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको हो । अख्तियारले सरकारी सार्वजनिक सम्पतिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै महेन्द्रनगर नगरविकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कर चौधरी, मालपोत कार्यालय कञ्चनपुरका […]