काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका ३ अध्यक्षसहित १ सय ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा तत्कालीन अध्यक्षहरू गोपाल रसाइली, कान्तुराम पनेरु र पल्टु रानासहित १ सयभन्दा बढीलाई छुट्टाछुट्टै मुद्दा दायर गरेको हो।तत्कालीन अध्यक्ष रसाइली, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशनसिंह थापासमेत ६४ जनाविरुद्ध गैरकानूनी लाभ लिएको र सरकारी सम्पत्तिमा हानी पुर्याएर भ्रष्टाचार