कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली सहित ६४ जना विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।अख्तियारले केही महिना अघि टोली खटाएर समितिको जग्गा सम्बन्धी लिज र बिक्री सम्बन्धी विस्तृत अनुसन्धान गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका महेन्द्रनगरस्थित कार्यालय प्रमुख रामबहादुर कुरुङवाङले तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी, सार्वजनिक सम्प