३ कात्तिक, धनगढी । कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नगर विकास समितिका तीन जना पूर्वअध्यक्ष, समितिमा कार्यरत कर्मचारी, मालपोत कार्यालयका कर्मचारी, विचौलिया र जग्गा खरिद गर्ने व्यक्ति समेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । […]