प्रचण्ड मन्त्रिपरिषद पुनः विस्तार, राज्यमन्त्री कार्कीले शपथ लिँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्  । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराउने तयारी भए...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनपछि पुस २५ गते संसदको पहिलो बैठक बस्दैछ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गर्नुभएको थियो । विभिन्न सात …

शीतल निवासमा ८ मन्त्रीले शपथ लिँदै, नारायणकाजीले पाएनन् रोजेको मन्त्रालय

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ८ जना मन्त्रीले शपथ लिने भएका छन्। ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने शपथग्रहण कार्यक्रममा ८ मन्त्रीले शपथ लिने भएका हुन्। नेकपा माअ‍ोवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले रोजेको नपाउने भएका छन्। सुरुमा गृह नभए परराष्ट्र मन्त्रालयमा दाबी गरेका श्रेष्ठलाई भौतिक मन्त्रालय दिइएको हो। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले ८ जनाले शपथ लिने जानकारी दिए। उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, श्रेष्ठ र राष्ट्रिय स्वतन

दौरासुरुवाल लगाएर प्रचण्ड शपथ लिँदै

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ । यसअघि दुई पटक प्रधामन्त्री बन्दा तथा सांसदको शपथ लिँदा दौरासुरुवाल नलगाउनुभएका अध्यक्ष प्रचण्डले यस पटक भने दौरासुरुवाल लगाएर शपथ ग्रहण गर्नुभएको हो ।   माओवादीका नेताहरूले एकल जातीय पहिचान भन्दै दौरासुरुवाललाई अस्वीकार गर्दै आएका थिए । यसअघि माओवादीले राष्ट्रिय पोसाक दौरासुरुवाल बदल्नुपर्ने बहस गरेका थिए । यसअघि अर्का नेता अग्नि सापकोटाले सभामुख बने...

दौरासुरुवालमा शीतल निवासमा पुगे प्रचण्ड

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथ ग्रहणका लागि दौरासुरुवाल लगाएर राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । एमालेसहित सात राजनीतिक दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनले केहीबेरमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

नयाँ सरकारमा सहभागी हुन सत्ता गठबन्धनको बैठक सकियो

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा को को जाने भन्ने निर्णय गरिएको छ। सत्ता गठबन्धनको बैठक संसद् भवन नयाँबानेश्वरमा बसेको थियो।बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका शीर्ष नेताहरू सहभागी थिए।नेकपा एमाले लगायत सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन्। उनले आजै दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्। १६९ सांसदले प्रचण्डलाई समर्थन गरेका छन

माओ जयन्तीका दिन प्रधानमन्त्रीमा शपथ लिँदै प्रचण्ड

आज २६ डिसेम्बर, अर्थात् चिनियाँ नेता माओत्से तुङको जन्म दिन । माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।नेपालमा भने माओ जयन्तीकै दिन कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दै शपथ लिने संयोग जुरेको छ । अर्थात् आज माओ जयन्तीकै दिने नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ अपरान्ह ४ बजे गर्ने शीतलनिवासको तयारी छ । हिजो मात्र १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधान

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री, आज शपथ लिँदै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री हुनुभएको छ । शनिबार कांग्रेससहितको सत्ता गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेपछि प्रधानमन्त्री बन्नुभएको हो ।