दौरासुरुवालमा शीतल निवासमा पुगे प्रचण्ड

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथ ग्रहणका लागि दौरासुरुवाल लगाएर राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । एमालेसहित सात राजनीतिक दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनले केहीबेरमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सम्बन्धित सामग्री

मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग

महोत्तरी, १ वैशाख । बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ । सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको यहाँ विश्वास गरिन्छ । पहिलो […]

सम्झिदा तिमीलाई,शीतल हुन्छ मन,

तिमी छौ र तिम्रो छोरो,अडेको छु आमा, प्रगतिको शिखरमा, चढेको छु आमा। सम्झिदा तिमीलाई, शीतल हुन्छ मन,त्यसैले घामपानीमा, डढेको छु आमा।...

राष्ट्रपतिसँग भेट गर्न ओली शीतल निवासमा

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार शीतल निवास पुगेका छन् । ओली निकट स्रोतले ओली शीतल निवास पुगेको पुष्टि गरेका छ । पटक पटक राष्ट्रपति भण्डारीसँग राजनीतिक छलफल गर्दै आएका ओली चाडबाड सकिए लगत्तै शीतल निवास पुगेका हुन् । राष्ट्रपति कार्यालयले भने यो भेटबारे केही जानकारी दिएको छैन ।

शीतल निवास पुग्यो अध्यादेश

सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका हुन्। अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल जारी रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली करिब ६ बजेतिर शीतल निवास पुगेका थिए। पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा […]

शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच दुई घण्टा छलफल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। शीतल निवास स्रोतका अनुसार उनले बुधबार बिहान १० बजेदेखि करिब २ घण्टा भण्डारीसँग छलफल गरेका छन्। संसद विघटनविरुद्धको मुद्दामा फैसला आउने मिति नजिकिएका बेला ओली र भण्डारीबीच लामो छलफल भएको हो।

प्रधानमन्त्री ओली पनि शीतल निवासमा

काठमाण्डाै – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि शीतल निवास पुग्नुभएकाे छ ।  झन्डै आधा घण्टा शीतल निवासमा रहनुभएका ओलीले नयाँ सरकारका लागि दाबी पेस गर्नुभयाे कि गर्नुभएन भन्नेबारे खुलिसकेको छैन । अहिले कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरू बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्...

मध्यरातमा ठाकुर र महतो किन गए शीतल निवासमा?

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेर सांसदहरुको हस्ताक्षर बुझाएका छन्। हिजोराति प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जसपाका अध्यक्ष ठाकुर र महतो राष्ट्रपति निवास शीतल निवास पुगेर सांसदहरुको हस्ताक्षर बुझाएको जसपाका एक सांसदले देखापढीलाई बताए। “मसँग धेरै जानकारी छैन। तर,बहुमतसहितको हस्ताक्षर लिएर राष्ट्रपतिलाई बुझाउन शीतल निवास पुगेको चाहिँ हो।”

प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका छन्। संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबिच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।