माओ जयन्तीका दिन प्रधानमन्त्रीमा शपथ लिँदै प्रचण्ड

आज २६ डिसेम्बर, अर्थात् चिनियाँ नेता माओत्से तुङको जन्म दिन । माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।नेपालमा भने माओ जयन्तीकै दिन कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दै शपथ लिने संयोग जुरेको छ । अर्थात् आज माओ जयन्तीकै दिने नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ अपरान्ह ४ बजे गर्ने शीतलनिवासको तयारी छ । हिजो मात्र १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधान

सम्बन्धित सामग्री

दौरासुरुवाल लगाएर प्रचण्ड शपथ लिँदै

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ । यसअघि दुई पटक प्रधामन्त्री बन्दा तथा सांसदको शपथ लिँदा दौरासुरुवाल नलगाउनुभएका अध्यक्ष प्रचण्डले यस पटक भने दौरासुरुवाल लगाएर शपथ ग्रहण गर्नुभएको हो ।   माओवादीका नेताहरूले एकल जातीय पहिचान भन्दै दौरासुरुवाललाई अस्वीकार गर्दै आएका थिए । यसअघि माओवादीले राष्ट्रिय पोसाक दौरासुरुवाल बदल्नुपर्ने बहस गरेका थिए । यसअघि अर्का नेता अग्नि सापकोटाले सभामुख बने...