काठमाडौँ। नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको छ। अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै
काठमाण्डाै - नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डीआईजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको हाे।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ । उहाँको ठाउँ प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ ।
...
२३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म काम गरेका राई चर्चामा […]
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डीआईजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डीआईजी खटाउने निर्णय गरिएको छ । यसअघि तीनवटै ठाउँमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभएपनि त्यहाँ डीआईजीहरुलाई काज सरुवा गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले आईतबार त्
नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको सिफारिसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले छलाङ मारेका छन् । प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचको १३ औं नम्बरमा रहेका उनी एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस हुँदा एक नम्बरमा उक्लिएका हुन् ।
नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले समालेका छन् । गृह मन्त्रालयले शुक्रबार आचार्यलाई निमित्त कार्यकारी प्रमुखमा काज सरुवा गर्ने निर्णय गरेको थियो । आचार्यले आइतबार कार्यभार समालेका हुन् । यसअघि त्यहाँ कार्यरत एआईजी निरज शाही र डीआईजी डा. देवबहादुर बोहराले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । वैशाख १९ बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहीन थियो । डीआईजी आचार्यले कार्यभार समाल
काठमाडौं : आज सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरुको बढुवाको विषय अदालतमा पुगेको छ।
बढुवाबाट असन्तुष्ट बनेका दुई जना डीआईजीले अदालतमा निवेदन दिने भएकाका हुन्। । त्यस्तै, अर्का डीआईजी इश्वरबाबु कार्की पनि अदालत जाने तयारीमा छन्।
'म पनि निवेदन लेख्दैछु। चाँडै अदालत जाने तयारीमा छु,' डीआईजी…
काठमाडौं । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गएको चैत १ गते बढुवाको लागि सिफारिस गरेको थियो । तर, बढुवाको सिफारिसविरुद्ध […]
ट्राफिक प्रहरी महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) खटाउने तयारी गरिएको छ । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ ।दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो ।विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको गृहमन्त्री बालकृष्ण खाणले बताए ।
काठमाडौँ– प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो। अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए।