विमानस्थल र ट्राफिकमा डीआईजी राख्ने निर्णय

 गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डीआईजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डीआईजी खटाउने निर्णय गरिएको छ । यसअघि तीनवटै ठाउँमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभएपनि त्यहाँ डीआईजीहरुलाई काज सरुवा गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले आईतबार त्

सम्बन्धित सामग्री

बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ । गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो । केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो । सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि […]

विमानस्थल प्रहरी प्रमुख चन्दले किन दिए राजीनामा ?

विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरुका अनुसार, विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच विवादका विषयमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै डीआईजी चन्दले असन्तुष्टि व्यक्त गरेका थिए ।

१३ डीआईजीको पदस्थापन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चन्द

१३ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन गरेको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी अर्जुन चन्द ठकुरीले पाएका छन् । डीआईजी कुवेर कडायतले प्रहरी महानिरीक्षकको सचिवालय हेर्ने जिम्मेवारी पाएका छन् । उनीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मा पनि सम्हाल्नेछन् । केदार ढकाल आर्थिक प्रशासन […]

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

अध्यागमन विभागले बलात्कारआरोपी सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ । प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेको डीआईजी श्याम ज्ञवालीले बताए ।त्रिभुवन विमानस्थल प्रहरी प्रमुख रहेका ज्ञवालीले सन्दीप नेपाल फर्किएपछि अध्यागमनले कालोसूचीमा रहेका कारण प्रहरीलाई खबर गर्न सक्ने बताए । ‘कालो सूचीमा रहेको देखिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्न सक्छ’, उनले भने ।क्यारेबियन प्रिमियर लिग (सीपिएल) […]

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। महिलाहरुलाई माइती नेपालको संरक्षण

भिजिट भिसामा विदेश हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

भिजिट भिसामा विदेश उड्न लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । भिजिट भिसा बाहक ३९ जनालाई  फिर्ता गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।धेरैजसो गल्फ र मिडल इस्टमा जान लागेका महिलाहरुले नक्कली कागजात पेश गरेर भिसा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड उनीहरुले पुरा नगरेको डीआईजी ज्ञ

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट १ जना शंकास्पद व्यक्ति पक्राउ

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट प्रहरीले चेकजाँच गरेर एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । विशेष ब्यूरोका डीआईजी अशोक सिंह नेतृत्वको टोलीले एक जनालाई पक्राउ गरेको हो । विशेष ब्यूरोको सूचनाका आधारमा विमानमा चेकजाँच गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने–‘चेकजाँच सकियो, विमानबाट एकजना आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गरिएको छ ।’ कैलालीमा मुद्दा चलिरहेको फरार आरोपीलाई पक्राउ गरिएको प्रहरीको एक

ट्राफिक महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीआईजी खटाउने तयारी

ट्राफिक प्रहरी महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) खटाउने तयारी गरिएको छ । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ ।दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो ।विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको गृहमन्त्री बालकृष्ण खाणले बताए ।

पूजा सिंह डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ – नेपाल प्रहरीका एसएसपी पूजा सिंह डीआईजीमा बढुवा सिफारिस भएकी छन्। बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डीआईजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो। बढुवा समितिको बैठक शुक्रबार बसेको थियो। सिंहको हालैमात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो।

प्रदेशमा डीआईजी नै प्रहरी प्रमुख

काठमाडौं : प्रदेश प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ। प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन्। डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएका का...