गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन् ।पश्चिमाञ्चल होटेल सङ्घद्वारा आज पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’ विषयक छलफलमा उनले प्रथम चरणमा परिषद् अन्तर्गतको सङ्घ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिए । थप खोप क्रमशः प्रदान गरिने उनले बताए ।पर्यटन