खोप खरिदमा कमिसन लिनेदिने काम भएको छैन : स्वास्थ्य मन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको र नलिएको स्पस्ट पारेका छन्।आज (मंगलबार) मन्त्रालयले गरेको भ्रचूअल पत्रकार सम्मेलनमा उनले बाहिर हल्ला गरिए अनुसार खोपमा कमिसनको खेल नभएको बताएका हुन्। उनले भने, ‘यो विषयमा बाहिर धेरै हल्ला भएको छ।संसद सम्म नै कुरा उठेको छ तर, म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’ यस्तै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहर संक्रमण हाल एकदमै

सम्बन्धित सामग्री

मन्त्रालय खाली पारेर कर्मचारी आईएनजीओको कार्यक्रममा हिँडछन् : मन्त्री बस्नेत

९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खोप कार्यक्रममा मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मंगलबार राजधानीमा आयोजना गरेको राष्ट्रिय दादुरा–रुवेला खोप अभियान २०८०/०८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै क्षमता अनुसार काम नभएको बताए […]

श्रीलङ्काले म्यानमारलाई काेराेना खाेप सहयोग गर्ने

श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ ।  श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आज शुक्रवार आयाेजित कार्यक्रममा पत्रकारहरूलाई बताउनुभएको छ । उहाँले श्रीलङ्कासँग फाइजर खाेपकाे ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख डाेज दिने योजना रहेको बताउनुभएको छ ।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताउनुभयाे ।  श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोप पुर्‍याउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग काम गरिरह...

बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरे। अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए । अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे ।

फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा

काठमाण्डाै – फ्रान्समा कोरोना भाइरस )काेभिड १९) विरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । फ्रान्सको नयाँ नियमअनुसार झन्डै २७ लाख स्वास्थ्यकर्मी, केयर होममा काम गर्ने र अग्नि नियन्त्रकका लागि खोप अनिवार्य गरिएको छ । तर खोप लगाउन नमानेपछि तीन हजार जनालाई निलम्बन गरिएको बीबीसीले जनाएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री ओलभियर भेरानले उनीहरूलाई अस्थायी रूपमा निलम्बन गरिएको जानकारी दिँदै खोप लगाउन पुनः आग्रह गरिएको जानकारी दिनुभएको छ । यसअघि राष्ट्रपति इमानुएल म्याक्रोनले १२ जुलाईमा ...

बेलायतमा अर्को साताबाट कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाइने

बेलायतमा लामो समयको प्रतीक्षापछि कोरोनाविरुद्धको तेस्रो अर्थात्  ‘बुस्टर’ डोज खोप वितरण गरिने भएको छ । अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् ।कम्तीमा तीन करोड बेलायती नागरिकहरूलाई बुस्टर डोज खोप दिने तयारी भएको पनि उनले बताए । सुरुमा ५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कमजोर भएका  १६ देखि ४९ वर्ष उमेरका  तथा अग्रपङ्क्तिमा खटिएर काम गर्ने हेल्थ एन्ड केयर वर्कर्सहरुलाई  उक्त खोप

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

कोरोना महामारीको समयमा मन्त्रीविहीन बन्यो स्वास्थ्य मन्त्रालय

कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन बनेको छ । सर्वोच्च अदालतको मंगलवारको आदेशपछि अन्य १९ जनासँगै जेठ २१ गते मन्त्री बनेका शेरबहादुर तामाङ पनि विदा भएका छन् । तामाङ स्वास्थ्य मन्त्री बनेपछि कोरोना विरुद्धको खोपका लागि पहल तीब्र बनाएका थिए । मन्त्रालयको नेतृत्व लिएपछि आफूले तीनवटा काम गरेको मन्त्री तामाङले लोकान्तरलाई बताए । ‘सबै सरकारी अस्पतालको सबलीकरण, सर्वसाधारण नेपाली जनताले निशुल्क उपचार पाउनु पर्ने कुरा र कोरोनाविरुद्धको खोप जतिसक्दो छिटो ल्याउने काममा दत्तचित्त भएर लागेको थिए’ पदमुक्त भ...

स्वास्थ्यमन्त्रीले पत्रकारलाई खोप दिन रोकेपछि सर्वोच्चमा रिट

काठमाडौँ । अग्रमोर्चामा खटिएर काम गरिरहेका पत्रकारका लागि कोभिड १९ विरुद्धको खोप दिन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको दबाबमा स्वास्थ्य मन्त्रालयका अधिकारीले नमानेपछि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ

स्वास्थ्य मन्त्रीले पत्रकारलाई खोप दिन रोकेपछि सर्वोच्चमा रिट

काठमाडौं । अग्र मोर्चामा खटिएर काम गरिरहेका पत्रकारका लागि कोभीड १९ विरुद्धको खोप दिन स्वास्थ्य मन्त्री शेर बहादुर तामाङको दबाबमा स्वास्थ्य मन्त्रालयका अधिकारीले नमानेपछि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।