चितवन : जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ। नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो। नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा १० को मझवाङ मावि र वडा ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ। नगरपालिकाका इन्जिनियर राजेश कोइरालाका अनुसार मझवाङ माविमा ५० जनासम्म विद्यार्थी बस्न सक्ने गरी छात्रावास निर्माण थालिएको हो। हरेक तलामा तीनवटा शौच