काठमाण्डाै - सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ ।
सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।
अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्याेट हुने विश्वास गरिएको छ ।
अदालतमा २०७९ सालको वैशाख ३० सम्म पाँच वर्ष नाघेका मुद्दा ४ हजार ८ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६ सय १२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौड...