जलिरहेको शव बाढीले बगायो

धनगढी : कैलालीमा शव जलाउने क्रममा एक्कासि बाढी आएपछि शव नै बगाएको छ। जिल्लाको गोदावरी नगरपालिकामा रहेको आर्यघाटमा जलाउँदै गरेको शव बाढीले बगाएको हो।गोदावरी नगरपालिका बास्कोटाकी ८५ वर्षीया नन्दादेवी भण्डारीको निधनपछि शव जलाउन गोदावरी आर्यघाटमा लगिएको थियो। तर उनको शव जलाउँदा जलाउँदै नदीमा एक्कासि बाढी आएको थियो। सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेको छ।

सम्बन्धित सामग्री

बाढीले बगायो जल्दै गरेको चिता

शनिबार दिनभरि घमाइलो थियो । पहाडी क्षेत्रमा मुहान भएर मोरङको वेलवारी हुँदै दक्षिण बग्ने लोहन्द्रा खोलामा खसी–बाख्रा तर्न सक्ने पानी बग्दै थियो । त्यसैबेला बेलवारी–३ कि ८१ वर्षीया लीलामाया कोइरालाको अन्त्येष्टि गर्न परिवारजन र मलामीले शव लिएर खोलामा पुगे ।

सुतिरहेका बेला बाढीले बगायो, श्रीमानको शव फेला, श्रीमती बेपत्ता

घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।

सुतिरहेका बेला बाढीले बगायो, श्रीमानको शव फेला, श्रीमती बेपत्ता

घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना अझै बेपत्ता छन् । इटहरी वडा नं. ४ को गैरीगाउँका एकैघरका रामकुमार राई, आशा राई र निमेष राईलाई बाढीले बगायो । यीमध्ये आशाको शव भेटियो । रामकुमार र निमेषको शव […] The post वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.