चार वर्षदेखि खोसिँदैछ नेपालीको खुसी, छिमेकी भारतीयभन्दा नेपाली बढी खुसी

काठमाडौँ- विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन २०२४ अनुसार १४३ देशहरूमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ भने ६० वर्षमाथिको उमेर समूहमा नेपाल ७...

सम्बन्धित सामग्री

चार वर्षदेखि खोसिँदैछ नेपालीको खुसी, छिमेकी भारतीयभन्दा नेपाली बढी खुसी

काठमाडौँ- विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन २०२४ अनुसार १४३ देशहरूमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ भने ६० वर्षमाथिको उमेर समूहमा नेपाल ७...

दुबईमा कार धुने भरत बिकले जिते ३५ करोडको चिठ्ठा

काठमाडौं : संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले  ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन्। उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको  गल्फ न्यूजले जनाएको छ।यो चिठ्ठा जित्नुअघिसम्म उनकाे दुबईमा बैंक खातासमेत थिएन। चिठ्ठाको रकम हातपारेपछि उनले भने, ‘म त निकै खुसी छु’ टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ

फुटबलका नवयुग

उनी सौम्य लाग्छन्, कम बोल्छन् र जो कसैलाई देख्दा मुसुक्क हाँस्छन्। यो उनको स्कुलिङ हो। उनी अर्थात् नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ। १४ वर्षदेखि नेपाली सेनामा रहेर उनले सिकेको सबैभन्दा ठूलो शिक्षा नै अनुशासन हो र त्यही अनुशासित खेलाडीको नाताले उनी कप्तान भएका हुन्। यो पद आफैँमा चुनौतीपूर्ण हो। आफू राम्रो खेल्नु त छँदैछ सिङ्गो टिम मिलाएर अगाडि बढ्नु कम चानचुने हैन। नवयुग भन्छन्, “सबै कुरा अपर्चुनिटी हो। अखिल नेपाल फुटबल सङ्घले बनायो खुसी लाग्छ।”

दक्षिण एशियामा सबैभन्दा खुसी देश नेपाल, विश्वमा सबैभन्दा खुसी देश भने फिनल्यान्ड

चैत ५, काठमाडौं  । दक्षिण एशियाली देशहरुमा नेपाली सबैभन्दा खुसी देशको रुपमा रहेको छ । संयुक्त राष्ट्रसङ्घको  दिगो विकास समाधान नेटवर्कले शुक्रवार सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले यस्तो देखाएको हो । शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अंकसहित सूचिको ८४ औं स्थानमा रहेको छ । यो गत वर्षको तुलनामा ३ स्थान माथि हो । गत वर्ष ५ दशमलव २६९ अंकसहित नेपाल सूचिको ८७ औं स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एशियामा दोस्रो खुसी देश बंगलादेश हो । गत वर्षको सूचिमा १०१ औं स्थानमा रहेको यस वर्ष सूचिको ९४ औं स्थानमा छ । पाकिस्तान १६ स्थान तल झरेर १२१ औं स्थानमा ओर्लिएको छ भने श्रीलंका पनि २ स्थान माथि चढेर १२७ औं स्थानमा पुगेको छ । भारत १३६औं स्थानमा उक्लिएको छ । गत वर्ष भारत सूचिको १३९औं स्थानमा थियो । प्राविधिक कारणले गर्दा यस वर्षकोब सूचिमा भुटानलाई समावेश गरिएको छैन । सूचिअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । योसँगै लगातार ५ वर्षदेखि सूचिको शीर्ष स्थानमा रहँदै आएको छ । सूचिको शीर्ष तीन स्थानमा अर्का दुई स्क्यान्डिनेभियन देश डेनमार्क र आइसल्यान्ड छन् ।

नेपाली ब्रान्डका सामानबाटै तयार हुन्छ घरभित्रै आधुनिक बाथरुम

काठमाडौं । नेपाली  परम्परागत जीवनयापनमा घरभित्रै स्नानघर बनाउने चलन नरहेको र  शौचालय घरभन्दा केही टाढा बनाउने प्रचलन भए पनि बढ्दो सहरीकरणका कारण आधुनिक घरमा घरभित्रै सुविधासम्पन्न बाथरुम अनिवार्य आवश्यकता भइसकेको छ । त्यसैले केही दशक पहिलेसम्म सुविधासम्पन्न होटलमा मात्र देखिने आधुनिक शैलीको बाथरुम हिजोआज हरेक आधुनिक घरको अभिन्न अंग बनिसकेको छ । बाथरुम हेरेर उक्त घरको सरसफाइको स्तर आकलन गर्न सकिन्छ ।  यसैबाट थाहा हुन्छ कि घरको महत्वपूर्ण भाग बाथरुम पनि हो ।  त्यसैले नयाँ घर बनाउँदा वा पुननिर्माण गर्दा बाथरुम निर्माणलाई पनि प्राथमिकतामा राख्नु जरुरी हुन्छ । सफा, चिटिक्क र आकर्षक बाथरुम बनाइनुमा कुनै पनि सम्झौता गरिनुहुन्न ।   निजी घरमा सुविधासम्पन्न बाथरुम बनाउदा धेरै थरी सामग्री आवश्यक पर्दछ । त्यस्ता सामानको कारखाना नेपालमा नभएकाले विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको हुँदा घरधनीलाई बाथरुम तयार गर्न आर्थिक भार पर्ने गर्दछ । त्यसैले आधुनिक बाथरुम बनाउन रहर हुदाँहुँदै पनि सम्झौता गर्नुपर्ने अवस्था पनि आइपर्न सक्छ । तर, यसका लागि अहिले नेपाली कम्पनीले नै घरायसी सामग्री (होम अप्लायन्स) को ब्रान्डिङ गरेर नेपाली ब्रान्डको रूपमा सुलभ मूल्यमा त्यस्ता सामान बजारमा उपलब्ध गराएकाले स्वदेशी ब्रान्ड उपयोग गर्नुको आत्मसन्तुष्टि साथै निर्माणमा पर्ने मूल्यमा पनि राहत महसुस गर्ने अवसर मिलेको छ । सामान्यतः घरको बाथरुममा शौचका लागि कमोड्, स्प्रे ट्याप (सरसफाइको धारा), नुहाउन धारा (तातो–चिसो पानी आउने), हातमुख धुनका लागि सिंक, साबुन, ब्रस, टुथपेस्ट आदि राख्ने होल्डर, ट्वाइलेट टिस्यु होल्डर, स्याम्पु, साबुन, अतिरिक्त ट्वाइलेट पेपर, सरसफाइका सामान राख्न स्टोर क्याबिनेट, तौलिया तथा अतिरिक्त कपडा झुन्ड्याउने ह्यांगर, शृंगारका लागि ऐना आदि सामग्री हुनु जरुरी छ । पहिले–पहिले यी सामग्री महँगा विदेशी ब्रान्डमा मात्र उपलब्ध थिए तर पछिल्लो समय नेपाली ब्रान्डमा पनि उपलब्ध छन् ।   घरको बाथरुम, भान्सा आदिमा चाहिने सामग्री (होम अप्लायन्स÷ स्यानिटरी वायर) नेपाली बजारमा उपलब्ध गराउने पहिलो नेपाली ब्रान्ड होमटेक नेपालले एउटा आधुनिक बाथरुममा चाहिने माथि उल्लिखित सबैजसो सामग्र्री होमटेक ब्रान्डकै नाममा उपलब्ध गराउँदै आएको छ ।  होमटेक नेपालका डाइरेक्टर सरोज न्यौपानेका अनुसार उपभोक्ता चाहना र  क्षमताअनुसार होमटेक ब्रान्डका इकोनोमिकदेखि लक्जरियस उत्पादन उपलब्ध छन् र तिनको मूल्य पनि सोहीअनुसार राखिएको छ । उनको भनाइमा घरको बाथरुममा चाहिने माथि उल्लिखित सबै सुविधायुक्त सामान होमटेक नेपालकै मात्र राखेर तयार गर्दा सस्तोमा ३५ हजार रुपैयाँसम्म पर्न जान्छ ।  त्यस्तै, सामानमा ग्राहक छनोटको आधारमा मूल्य बढ्दै जान सक्छ । सबैभन्दा सुविधायुक्त (लग्जरियस) बाथरुम तयार गर्न होमटेकको प्याकेज मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको छ ।  लग्जरियस बाथरुम प्याकेजमा अटोमेटिक वासलेट अर्थात् शौच गरिसकेपछि आफैं सफा गर्ने सुविधासमेत भएको अत्याधुनिक कमोड समाविष्ट हुने उनले बताए । यहाँ उल्लिखित मूल्य उही स्तरका अन्तराष्ट्रिय ब्रान्डको सामानभन्दा ४० प्रतिशतसम्म सस्तो रहेको उनको दाबी छ । सुलभ मूल्यमा सामान उपलब्ध गराउँदा गुणस्तरमा कुनै सम्झौता नभएको र सामानअनुसार तीन वर्षदेखि १० वर्षसम्मको वारेन्टी तथा ग्यारेन्टी सुविधा दिइने उनले सुनाए । जेहोस्, आधुनिक घरको अभिन्न स्थान बाथरुममा चाहिने आधुनिक सुविधायुक्त  सामग्रीका लागि विदेशी ब्रान्डको मात्र भर पर्नुपर्ने अवस्था अन्त्य हुनु सुखद पक्ष हो ।  घर निर्माण वा पुननिर्माणको क्रममा बाथरुम निर्माण र त्यहाँ संलग्न हुनुपर्ने सुविधातर्फ यथेष्ट ध्यान दिउँ र सकेसम्म नेपाली ब्रान्डलाई उपयोग गरेर थप खुसी अनि ढुक्क होऔं ।

सुदर्शनको प्रेमगीत हालसम्मकै सर्वाधिक हेरिएको फिल्म

रिलिजका लागि तयार भए पनि कोरोना संक्रमणबाट हुने कोभिड-१९ का कारण फिल्म म यस्तो गाउँछु-२ रिलिज गर्न नपाएपछि डेढ वर्षदेखि तनावमा परेका निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई थोरै भए पनि खुसी मिलेको छ। उनीद्वारा निर्मित फिल्म प्रेमगीतले युट्युबमा सर्वाधिक हेरिएको पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको छ। पाँच वर्ष अगाडि अपलोड गरिएको प्रेमगीतले साढे दुई […]

राष्ट्रिय टिमबाट कप्तान खड्काको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले मंगलबार राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । राजीनामा घोषणासँगै पारसले फेसबुकमा लेखेका छन्, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

दर्शक नै मेरा भगवान हुन्, उनीहरुलाई नै खुसी बनाउँछु

झरना थापा नेपाली रजतपटमा २३ वर्षदेखि सक्रिय छिन्, सुरुमा अभिनेत्रीका रुपमा र पछिल्ला दिनमा निर्देशकका रुपमा ।