काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिनुभएको हो ।नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गएकाे वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको बताउनुभयो । नेता नेपालले आफ्नो निवासअघि राति मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खाेजेको समेत ...