राष्ट्रिय टिमबाट कप्तान खड्काको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले मंगलबार राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । राजीनामा घोषणासँगै पारसले फेसबुकमा लेखेका छन्, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

सम्बन्धित सामग्री

क्यानको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौं,५ असोज । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बागमती प्रदेश अध्यक्ष पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न । आजबाट सुरु भएको क्यानको अधिवेशन भोलिसम्म चल्नेछ । क्यानको अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज […]

पूर्व कप्तान हरि खड्का दोषी ठहर

नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान तथा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हरि खड्काले नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ । खड्काको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष आलतमा मुद्दा दायर गरेको थियो । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले …

‘विश्वकप खेल्ने मेरो मात्र होईन सबै नेपालीको चाहना छ’– सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टि२० विश्वकप खेल्ने चाहना आफ्नो मात्र नभएर सबै नेपाली जनताको रहेको बताएका छन् । दुई सातापछि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न जानुअघि कप्तान सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । सन् २०१४ मा नेपालले पहिलो पटक पारस खड्काको कप्तानीमा टि२० विश्वकप […]

क्रिकेट खेलाडी माथिको कारबाही फिर्ता लिन पूर्वकप्तान पारस खड्काको आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। खेलाडीहरुमाथिको कारबाही अन्यायपूर्ण भएकाले उनीहरुमाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने पुर्वकप्तान खड्काले आग्रह गरेका छन्। खेलाडीहरुमाथि न्याय हुनुपर्ने र त्यसका लागि उनीहरुमाथिको कारबाही फिर्ता हुनुपर्ने भन्दै खड्काले सामाजिक संजाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन्। 'हामीहरु हाम्रा क्रिकेट खेलाडीको समर्थनमा छौं, उनीहरुमाथि न्याय हुनुपर्छ' खड्काले लेखेका छन्, 'आशाबादी छु, क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ र खेलाडीहरु आगामी फेब्रुअरीमा हुने टि२० विश्वकप छनौट खेलको तयारिमा केन्द्रित हुन पाउनेछन् र हाम्रो (नेपालको) एकदिवसीय स्ट्याटस कायम हुनेछ।'मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथी पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै उनले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश जाने भन्दै चिन्ता समेत ब्यक्त गरे ।मन्त्री गहतराजले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिए

ज्ञानेन्द्र बने नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी

१ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अहिले भइरहेको अमेरिकाविरुद्धको खेलमा ज्ञानेन्द्रले पूर्व कप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान तोडेका हुन् । अमेरिकाविरुद्ध अहिले ब्याटिङ गरिरहेका ज्ञानेन्द्रले ओडीआईमा […]

पारसको सम्मानमा अब नेपाली क्रिकेटरले ७७ नम्बरको जर्सी नलगाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको सम्मानमा उनले  लगाउने गरेको जर्सी नम्बर ७७ अब नेपाली क्रिकेटरले नलगाउने भएका छन्।

पारस खड्काको सरप्राइज ! अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

नेपाली राष्ट्रिय टोलीका खेलाडी खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । पूर्व कप्तान पारसले मंगलबार बिहानै विज्ञप्ति निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

पारसको राजीनामापछि नेपाली क्रिकेटमा तरङ्ग : अबको कप्तान को ?

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आश्चर्यजनक रुपमा कप्तान पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेट भनेकै पारस भन्ने छविसमेत बनाएका कप्तान खड्काको राजनीमाले नेपाली क्रिकेट क्षेत्र फेरि एक पटक तरंगित बनेको छ । आईसीसीको पछिल्लो बोर्ड...

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा (सूची)

आगामी मार्चमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। जिम्बाम्बेमा हुने विश्वकप छनोटको लागि आइतबार कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले ४ वैकल्पिकसहित १९ सदस्यीय…

पारस खड्का भन्छन् : एक ओभरमा ३६ रन दिए पनि अंशुमनलाई दोष लगाउने ठाउँ छैन्

काठमाडौं, पुस १५ –नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर बारियर्सले प्रतियोगितामा अपराजित रहँदै इपिएलको उपाधि चुम्...