संसद विघटनविरुद्ध २३ राजनीतिक संगठनले आइतबार राजधानीमा प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) सहितका २३ राजनीतिक दल तथा संगठनहरुले संसद विघटनविरुद्ध आइतबार राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर जुलुश प्रदर्शनसहित नयाँ बानेश्रसम्म विरोध सभाको आयोजना गरिने कार्यक्रम रहेको छ । कार्यक्रमलाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीलगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । गत बुधबार बसेको २३ दलको संयुक्त बैठकले आइतबारको कार्यक्रम तय गरेको हो । बैठकले ‘मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनु ‘प्रतिगामीउन्मुख फासीवादी कदम’ भएको ठहर गरेको थियो । यो पनि : प्रतिनिधि सभा विघटन प्रतिगमनउन्मुख फासीवादी कदम : २३ दल

सम्बन्धित सामग्री

संसद विघटनविरुद्ध विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने

काठमाडौँ – संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने भएका छन्। सोमबार बसेको नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ) को संयुक्त बैठकले असार १६ गते सबै जिल्ला तथा १७ गते काठमाडौँ उपत्यकामा पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो। यस्तै विश्वविद्यालय देखिएका शैक्षिक समस्याका बारे […]

पोखरामा संसद विघटनविरुद्ध मसाल जुलुस प्रदर्शन

पोखरा । पोखरामा नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा

संसद विघटनविरुद्ध चितवनमा राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

सुमन आचार्य, भरतपुर । राष्ट्रिय जनमोर्चा, चितवनले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै भरतपुरमा विरोध प्रदर्शन गरेको छ । शनिबार भरतपुरको चैबिसकोठीमा प्रदर्शन तथा विरोध सभाको आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालय चोकबाट सुरु भएको प्रदर्शन नाराजुलुससहित मालपोत कार्यालय हुँदै चौबिसकोठीमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सचिव डम्बर पुरीले ओली सरकारले चालेको असंवैधानिक कदम फिर्ता लिनुपर्ने र विघटित संसदको पुनर्स्थापना अनिवार्य रहेको बताउनुभयो । वर्तमान प्रधानमन्त्रीले नेपाली जनताको छ दशक भन्द लामो संघर्षबाट बनाएको संविधान रद्धीको टोकरीमा फालेर नवमहाराजा बन्ने दाउमा रहेको भन्दै संविधानको रक्षाका लागि जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय जनमोर्चा भरतपुर महानगर सचिव सुमन आचार्यको सन्चलन तथा जिल्ला सहसचिव देवि शर्माले स्वागत गर्नुभएको कार्यक्रममा अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष विष्णु पौडेलले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

संसद विघटनविरुद्ध लोकतन्त्रवादी संस्थाले मौन–प्रदर्शन गर्ने

विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध शनिबार मौन–विरोध प्रदर्शन गर्ने भएका छन्

संसद विघटनविरुद्ध सिफलमा ‘बृहत नागरिक आन्दोलन’को प्रदर्शन (तस्बिरहरू)

संसद विघटनविरूद्ध वृहत नागरिक आन्दोलनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ। काठमाडौंको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर लेखक, कवि, कलाकार, पत्रकारलगायतका अभियन्ताले संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन्।

संसद विघटनविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ । पुस ५ गते भएको संसद विघटन असंवैधानिक भएको भन्दै विवेकशीलले सोमबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेको हो । प्रदर्शनकारीहरूले ‘नराम्रो हेर्दिन, नराम्रो सुन्दिन, नराम्रो बोल्दिन, नराम्रो विरुद्ध आवाज उठाउँछु’, ‘यो समय भ्याक्सिनको हो, कूमतिमा नलाग्नुस प्रधानमन्त्रज्यू’ लेखिएको […]

संसद विघटनविरुद्ध ६७४३ वडामा हुने प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपील

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध बिहीबार देशभरका वडाहरुमा हुने प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन्

संसद विघटनविरुद्ध सप्तरीमा पनि बयलगाडा जुलुस

२६ पुस, सप्तरी । संसद विघटन गरेको विरोधमा सप्तरीमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले जिल्ला सदरमुकाम राजविराजमा आइतबार बयलगाढासहित विरोध प्रदर्शन गरेका हुन् । गोरुसहितको बयलगाडामा प्रधानमन्त्रीको तस्वीर टाँसेर अनेरास्ववियूले प्रदर्शन गरेको हो । स्थानीय शिव मन्दिर प्राङ्गणबाट निस्किएर बयलगाडा जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको  थियो । ब्यलगाडा […]

संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको प्रदर्शन

१९ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ । मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको […]

संसद विघटनविरुद्ध सडक नाटक प्रदर्शन

१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]