युट्युब भिडियोबाट यसरी सजिलै काट्नुहोस् सानो क्लिप

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं । तर कहिलेकाहीँ हामीलाई युट्युब भिडियो कुनै एक भाग मात्रै पठाउनु पर्ने हुन्छ । यस्तोमा हामी क्लिप काटेर पठाउन सक्छौँ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।   सर्वप्रथम आफ्नो डिभाइसमा युट्युब एप खोल्नुपर्ने हुन्छ । अब आफूलाई सेयर गर्न...

सम्बन्धित सामग्री

भ्युज बढाउन नियतवश प्लेन दुर्घटना गराउने युट्युबरलाई २० वर्ष जेल

सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजायको नजिक पुर्‍याएको छ ।

उचित रेखदेख नपाउँदा बच्चामा उत्पन्न हुने मनोभावको सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । फिल्मलाई सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । २३ मिनेट ३८ सेकेन्ड लामो फिल्म राम्रो इन्टरटेनेमेन्ट युट्युब च्यानलमा रिलिज गरिएको हो । फिल्मले व्यस्त जीवनशैली अपनाउने परिवारभित्र हुर्किरहेको एउटा सानो बच्चाले रेखदेख नपाउँदा उसको मनभित्र उत्पन्न हुने मनोभावलाई प्रस्तुत गर्छ । […]

सोविताको संवादले निम्त्याएको बहस, के थियो पूर्ण अभिव्यक्ति?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको चार वर्ष अगाडिको संवाद यतिबेला बहसको विषय बनेको छ।महिला सशक्तीकरण र बलात्कारबारे सन् २०१९ मा एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताले अहिले चर्चा पाएको हो। सामाजिक सञ्जालहरूमा भिडियोको स–सानो 'क्लिप' काटेर चर्को विरोध गर्न थालिएको छ। तर, उनको पुरा भिडियो हेर्ने दर्शकहरूले गलत नियतले 'क्लिप' भाइरल गराइएको आरोप लगाएका छन्। गौतमले पुरानो आफ्नो अभिव्यक्तिलाई लिएर पश्चाताप गरेकी छन्। अधिकारकर्मी र आ

युट्युब भिडियोको सानो क्लिप काटेर कसरी पठाउने ? यस्तो छ तरिका

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं । तर कहिलेकाहीँ हामीलाई युट्युब भिडियो कुनै एक भाग मात्रै पठाउनु पर्ने हुन्छ । यस्तोमा हामी क्लिप काटेर पठाउन सक्छौँ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।   सर्वप्रथम आफ्नो डिभाइसमा युट्युब एप खोल्नुपर्ने हुन्छ । अब आफूलाई सेयर गर्न...

अपूर्वलाई रिहा गर : गायक योगेश्वर अमात्य

काठमाडौं :  गायक योगेश्वर अमात्यले हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न आग्रह गरेका छन्।उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान दिन आग्रह पनि गरेका छन्।उनले  नेवा समुदाय स-साना कुरामा अल्झेर बसेको भन्दै अपुर्वलाई तुरुन्त छोड्न लगाउनुपर्ने बताए।'हाम्रो नेवाः संग संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के के नै ग-या जस्तो, अपूर्वलाई तुरुन्त छोड्न लगाऊ', उनले लेखेका छन्।सिह

किन बारम्बार अवरुद्ध हुन्छन् फेसबुक जस्ता सेवा सोसियल मिडिया ?

फेसबुकका संस्थापक र प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले गत साता फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध भएको करिब छ घण्टा पछि लेखे: 'आजको अवरोधको लागि माफ गर्नुहोस्।'थाहा छैन जुकरबर्गले उनको फेसबुक पोस्टमा आएका सम्पूर्ण प्रतिक्रिया पढ्छन् या पढ्दैनन्। यदि उनले माफी मागेको पोस्टमा आएका सबै प्रतिक्रिया पढे भने त्यसका लागि उनले ननिदाई १४५ दिन बिताउनु पर्नेछ।अवरोधकमा लागि फेसबुकले नियमित मर्मतसम्भारको कामलाई अवरोधको कारण ठहरायो। इन्जिनियरहरूले जारी गरेको एक आदेशले गर्दा फेसबुक डेटा केन्द्रहरू अप्रत्याशित रूपमा इन्टरनेटबाट विच्छेद भए।उक्त घटनापछि जुकरबर्गले माफी मागेको पोस्टमा ८,२७,००० ले प्रतिक्रिया जनाएका थिए। कसैले नामिबियाबाट लेखेको थियो: “यो घटना त भयानक थियो। मलाई मेरो परिवारसँग कुरा गर्नु थियो।”त्यस्तै इटालीका एक प्रयोगकर्ताले लेखे: “मैले त आफ्नो मोबाइल बिग्रियो भन्ने ठानेर मर्मत केन्द्र पुर्‍याएँ।” “एउटै समयमा सबै सेवा ठप्प गर्न हुँदैन थियो। त्यसको असर अकल्पनीय छ,” एक नाइजेरियाली व्यापारीले निराशा र क्रोध व्यक्त गरेका छन्।भारतका एक जनाले त अवरोधका कारण आफ्नो व्यवसायमा परेको असरको क्षतिपूर्ति नै मागेका छन्। के स्पष्ट देखियो भने फेसबुकका यी सेवाहरूमा अर्बौँ मानिस निर्भर भएका छन्।यी सामाजिक सञ्जालहरू मनोरञ्जनका लागि मात्र नभई सञ्चार र व्यापारका लागि समेत प्रयोग भएका छन्। त्यस्तै यो एक पटकको मात्र समस्या नहुने पनि प्रस्ट भएको छ। विज्ञहरूले यस्तो समस्या बारम्बार हुने र अधिक समयका लागि हुने चेतावनी दिएका छन्।डाउन डिटेक्टरका प्रमुख प्राविधिक अधिकारी ल्यूक डेरिक्स भन्छन्, 'पछिल्लो केही वर्षहरूमा इन्टरनेट सामग्रीको वितरणका लागि सीमित सङ्ख्याका सञ्जाल र कम्पनीहरू प्रतिको निर्भरता बढेको छ।'“जब तिनीहरूमध्ये एक वा एकभन्दा बढीमा समस्या आउँछ तब ती सेवा प्रदायकबाहेक सयौँ हजार अन्य सेवा समेत प्रभावित हुन्छन्,” उनी भन्छन्।उदाहरणको लागि हाल फेसबुक स्मार्ट टिभीजस्ता विभिन्न उपकरणमा साइन-इन गर्नका लागि उपयोग गरिन्छ।“र त्यसैले आजभोलि धेरै इन्टरनेट अवरुद्ध हुन्छ,” डेरिक्स भन्छन्,”सेवा ठप्प हुन्छ र हामी सबै एक अर्कालाई प्रश्न गर्छौँ – लौ, अब हामी के गर्ने?”डेरिक्स र उनको समूह डाउन डिटेक्टरमा वेबसाइट र वेब सेवामा आउने व्यवधानको निगरानी गर्छन्। उनका अनुसार प्रमुख सेवाहरू प्रभावित गर्ने खालका व्यापक इन्टरनेट आउटेज लगातार र अत्यधिक गम्भीर हुँदै गएका छन्।“जब फेसबुकमा कुनै समस्या देखिन्छ तब इन्टरनेटमा त प्रभाव पर्छ नै साथै अर्थतन्त्र र समाज पनि प्रभावित हुन्छ। लाखौँ या सम्भवतः हजारौँ लाख मानिस कतिखेर क्यालिफोर्निया स्थित एउटा सानो समूहले सबै कुरा ठिक पार्छन् भन्ने पर्खेर बस्छन्। रोचक त के भने केही वर्षयता यस्ता घटना बढेको छ।“इन्टरनेटका सेवामा समस्या आएका महत्त्वपूर्ण घटनाहरूअक्टोबर २०२१: फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब छ घण्टाका लागि अवरुद्ध भए। ट्विटरलगायत अन्य साइटहरू पनि अत्यधिक चापका कारण प्रभावित भएजुलाई २०२१: एअरबीएनबीलगायत ४८ भन्दा बढी सेवा प्रदायक एक घण्टासम्म अवरुद्ध भए। अकामाइको डोमेन नेम सिस्टम डिएनएसमा एउटा समस्या देखिएपछि समस्या आएको थियोजुन २०२१: अमेजन, रेडडीट, ट्वीच, गीटहब, स्पोटिफाइ र अन्य समाचारका साइटहरू करिब आधा घण्टाको लागि अवरुद्ध भए। एक प्रयोगकर्ताले क्लाउड कम्प्युटिङ सेवा प्रदायक फास्ट्ली प्रयोग गर्दा त्यसअघि कहिल्यै नदेखिएको प्राविधिक समस्याले सेवाहरू अवरुद्ध पारेको बताएडिसेम्बर २०२०: जिमेल, युट्युब र गुगलका अन्य सेवाहरू एकपछि अर्को गर्दै करिब ९० मिनेटका लागि अवरुद्ध भए। कम्पनीले बताए अनुसार ‘आन्तरिक भण्डारण कोटा समस्या’को कारण उक्त घटना घटेको थियोनोभेम्बर २०२०: अमेरिकास्थित अमेजन वेब सेवा केन्द्रमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ अनलाइन सेवाहरू घण्टौँ अवरुद्ध भए। यसको प्रभाव उत्तर अमेरिकामा धेरै देखियोमार्च २०१९: फेसबुक, इन्स्टाग्रम र ह्वाट्सएप सबै सेवाहरू बन्द भए वा करिब १४ घण्टाका लागि अवरुद्ध भए। स्वाभाविक रूपमा सेवा अवरुद्ध भएको कुनै क्षण मानिसहरू साइबर हमलाका कारण यस्तो भएको हो कि भनेर चिन्तित हुन्छन्।तर विज्ञहरूले सुझाए अनुसार धेरै जस्तो अवस्थामा सामान्य मानवीय त्रुटिका कारण यस्तो घटना घट्छ र असर विस्तारित देखिन्छ।उनीहरू थप्छन्, ”इन्टरनेटलाई जटिल, पुराना उपकरणहरूले जोडेको हुन्छ जसका कारण सानो गल्ती पनि ठूलो आकारको भइदिन्छ।“फेसबुकको सेवा अवरुद्ध भएको समयमा विज्ञहरूले सामाजिक सञ्जाल ट्विटरमा मजाक गरे: 'सेवा अवरुद्ध हुनुको कारण ‘स्पाइस गर्ल नामक साङ्गीतिक समूहभन्दा पनि पुरानो उपकरणहरू’ र ‘न्याप्किनको पछाडि बनाइएका उपकरणको डिजाइन’ हुन्।'इन्टरनेट वैज्ञानिक प्राध्यापक बिल बुखानानले उक्त तुलनासँग सहमति जनाउँदै भने, ”इन्टरनेट डार्पा नामक रक्षा संस्थाले डिजाइन गरेको विस्तारित नेटवर्क हो। इन्टरनेटको असली योजनाकारहरूले त्यस्तो नेटवर्क बनाउन चाहेका थिए जसले परमाणु आक्रमण वा त्यसको कुनै भाग थेग्न सकोस्।”“इन्टरनेटमा प्रयोग हुने अवधारणाहरू मेनफ्रेम भनिने पुरानो कम्प्युटरको सुस्त टर्मिनलमा प्रयोग हुन्थे। भित्री पूर्वाधारमा कुनै एउटा मात्र समस्या देखिए पनि पूरै संरचना ध्वस्त हुन सक्थ्यो।”प्राध्यापक बुखानान इन्टरनेटलाई केही सुधारहरू गरेर थप लचिलो बनाउन सकिने बताउँछन्। तर इन्टरनेटका कैयौँ आधारभूत कुराहरू नै सुधार नहुने खालका भएको उनको तर्क छ।सामान्यतया प्रणालीहरू चालु अवस्थामा हुन्छन् र एक दिनका लागि इन्टरनेट बन्द गरेर त्यसलाई सुरुबाट बनाउन मिल्दैन,” उनले भने। प्रणालीहरू र इन्टरनेटको संरचना फेरि बनाउनुको साटो प्राध्यापक बुखानान सुझाउँछन्: 'हामीले डेटा भण्डारण गर्ने र साझा गर्ने तरिकामा सुधार ल्याउन जरुरी छ। अन्यथा भविष्यमा सेवा आम अवरुद्ध हुने जोखिम पटक पटक सामना गर्नुपर्छ।'उनी तर्क गर्छन्, 'इन्टरनेट निकै नै केन्द्रीकृत भयो। जहाँ एउटा स्रोतबाट ठुलो परिमाणमा डेटाहरू आउँछन्। यो प्रवृत्ति उल्टिनु जरुरी छ। जहाँ प्रणालीहरूसँग विभिन्न हाँगाहरू जोडिएका हुन्छन् ताकी कुनै एकमा समस्या देखिँदा सम्पूर्ण सेवा अवरुद्ध हुँदैन।'यहाँ आशाजनक अवस्था पनि छ। धेरै जसो इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रयोगकर्ताको जीवन र व्यापार प्रभावित हुन्छन्। तर सेवा अवरुद्ध हुँदा इन्टरनेट र वेब सेवाहरू समस्या पहिचान गरेर थप लचिलो बनाउन मद्दत पुर्‍याउँछ।उदाहरणका लागि फोर्ब्सले आकलन गरे अनुसार फेसबुकले छ घण्टा सेवा अवरुद्ध हुँदा साढे छ लाख अमेरिकी डलर बराबर क्षति व्यहोर्नु पर्‍यो।यति रकम विज्ञापनदाताहरूले छोड्नुका कारण अथवा निलम्बन गर्नुका कारण देखिएको हो। यस्तो किसिमको क्षति दोहोरिन नदिन फेसबुकले धेरै नै मिहेनत गर्नेछ। -बिबिसी

फूलबारीसँगै करेसाबारी

सहरी क्षेत्रका घर छेउछाउ केही वर्ष अघिसम्म फूलबारी मात्र लगाउने चलन थियो । तर, पछिल्लो समय तरकारी पनि आफैं फलाउने चलन बढेको छ । तर, सहरमा घरसँगै चाहेजति खाली ठाउँ उपलब्ध हुँदैन । सवारीसाधन र अन्य सरसामानका लागि पनि ठाउँ चाहिन्छ । त्यसैले करेसाबारीका लागि ठाउँ पु¥याउन हम्मे पर्छ ।  यसको समाधान गर्न कौसी खेती र गमला खेतीजस्ता उपाय आएका छन्, जुन निकै लोकप्रिय पनि छन् । घर निर्माणको प्रारम्भिक चरण अर्थात् नक्सा तयार गर्ने समयमै इन्जिनियर वा वास्तुविद्सँग सल्लाह गरेर घरको कुन दिशातर्फ खाली ठाउँ राखेर त्यहाँ करेसाबारी बनाउने भन्ने यकिन गर्न सकिए धेरै राम्रो हुन्छ ।  यही चरणमा सूर्यको प्रकाश बढी वा कम पर्ने अवस्था यकिन गरी घर र बगैंचाका लागि उपयुक्त हुने गरी घरको नक्सांकन गर्न सकिन्छ ।  बनिसकेको घरमा भने जे–जस्तो उपलब्ध खाली ठाउँ छ, त्यसैलाई उपयोग गरेर फूलबारीका साथै करेसाबारीको विकास गर्न सकिन्छ ।   करेसाबारी, गमला वा कौसीमा के फलाउने भन्ने कुरा रुचिमा भर पर्ने हुँदा त्यस्ता ठाउँमा सकेसम्म वयस्क हुँदा पनि सानो ठाउँ लिने र छोटो अवधिमै फल दिने फलपूmल वा तरकारी लगाउनु बढी उपयोगी हुन्छ । अचेल बजार वा बागवानी केन्द्रमा कुन मौसम र स्थानका लागि कस्तो तरकारी वा बिरुवा लगाउने भन्ने सामान्य जानकारीसहित आवश्यक बिउ, मल तथा तालिमसमेत दिइने गरेको छ ।  कतिपय महानगर, नगर तथा वडाजस्ता स्थानीय निकायले घर–घरमा करेसाबारी तथा कौसी खेतीका लागि प्रोत्साहनस्वरूप घरमै कम्पोस्ट मल तयार गर्ने भाँडा, बिउ र आवश्यक तालिम निःशुल्क वा सहुलियतमा प्रदान गरेको पाइन्छ ।   घरको भान्सामा जम्मा हुने जैविक फोहोरलाई कम्पोस्ट बनाउने भाँडोमा विर्सजन गरेर निश्चित अवधिमा करेसाबारीका लागि आवश्यक मल तयार गर्न सकिन्छ । यसबाट एकातिर व्यावसायिक मल किन्दा हुने खर्च जोगिन्छ भने अर्कोतिर घरमै तयार हुने मलबाट उत्पादित वस्तु पूर्णतः अर्गानिक हुन्छ ।  घरमा उपलब्ध सानो करेसाबारी वा कौसीमा ती सबै उमार्न सम्भव हुँदैन ।  त्यसैले सानो स्थानमा धेरै प्रकारका भन्दा केही मात्र बिरुवा लगाउनु बढी बुद्धिमानी हुन्छ । उदाहरणका लागि अचार र तरकारीमा चाहिने हरियो खुर्सानी थोरै भए पनि पुग्छ । सानो परिवारका लागि राम्रो जातको खुर्सानीका दुई वटा मात्र बिरुवाले पुग्दो फल दिन सक्छ । त्यस्तै, धनियाँ वा तिते करेला मुख्य तरकारीको सहायकको रूपमा प्रयोग हुने हुँदा केही बिरुवा मात्र हुर्काउन सके पर्याप्त हुन सक्छ ।  त्यस्तै, लसुन, प्याज, छ्यापी, बाबरी, पार्सले जस्ता बिरुवा थोरै संख्यामा मात्र हुर्काउन सके हाम्रो भान्साको आवश्यकता पूरा गर्न पुग्दो हुन सक्छ ।   आफूले बिरुवा लगाउने स्थानमा सूर्यको प्रकाश कति पर्छ भन्ने आधारमा कुन जातको बिरुवा लगाउने भन्ने तय गर्न सकिन्छ । प्रकाश कम पर्ने सेपिलो ठाउँलाई यत्तिकै छाड्नुभन्दा कर्कलो, स्कुसजस्ता तरकारी लगाउन सकिन्छ । यी तरकारीलाई हतपत रोग नलाग्ने र घरिघरि स्याहार गर्नु पनि पर्दैन । यिनमा हाम्रो शरीरलाई चाहिने अनेक पौस्टिक तत्व पाइने हुँदा यस्ता तरकारी लगाउँदा प्रकाश नचाहिने ठाउँको उपयोग हुने मात्र नभई कम मिहिनेतमै पौस्टिक तरकारी  पाउन सकिन्छ ।   करेसाबारी तथा फूलका बिरुवाको साथमा औषधीय गुण भएका वनस्पति लगाउन सके अझ बुद्धिमानी हुन सक्छ ।  हामीमाझ पुस्तान्तरण भई आएको सनातन ज्ञान तथा आयुर्वेदजस्ता प्राचीन शास्त्रले अनगन्ती वनस्पतिका औषधीय गुणको व्याख्या गरेको पाइन्छ । त्यस्ता गुनिला वनस्पति हाम्रै छिमेकका बगैंचा, गमला वा नर्सरीमा उपलब्ध हुन सक्छन् ।  त्यहाँबाट बिरुवा ल्याएर लगाउन सकिन्छ । त्यस्ता वनस्पति आफ्नो बगैंचा वा गमलामा भए स्वास्थ्यसम्बन्धी अपर्झट पर्दा प्राथमिक उपचारका लागिसमेत उपयोग गर्न सकिन्छ ।  आफ्नो घरको सेरोफेरोलाई आकर्षक फूल आदिले सजाउँदा सँगै तरकारीको करेसाबारी वा गमला वा कौसीमा उपयोगी वनस्पति लगाएर तरकारी, मसला र औषधीय आवश्यक्तालाई समेत पूर्ति गर्न सकिन्छ ।  घरमा उपलब्ध ठाउँ, कौसी वा गमलामा के–कस्ता जातका तरकारी, फूल वा उपयोगी अन्य वनस्पति लगाउने भन्नेबारे तरकारी तथा फलफूल खेती गर्नेहरूका सफलताका कथा र उपयोगी ज्ञान सामाजिक सञ्जाल फेसबुक समूह तथा युट्युब च्यानलमा प्रशस्तै पाइन्छ ।