फूलबारीसँगै करेसाबारी

सहरी क्षेत्रका घर छेउछाउ केही वर्ष अघिसम्म फूलबारी मात्र लगाउने चलन थियो । तर, पछिल्लो समय तरकारी पनि आफैं फलाउने चलन बढेको छ । तर, सहरमा घरसँगै चाहेजति खाली ठाउँ उपलब्ध हुँदैन । सवारीसाधन र अन्य सरसामानका लागि पनि ठाउँ चाहिन्छ । त्यसैले करेसाबारीका लागि ठाउँ पु¥याउन हम्मे पर्छ ।  यसको समाधान गर्न कौसी खेती र गमला खेतीजस्ता उपाय आएका छन्, जुन निकै लोकप्रिय पनि छन् । घर निर्माणको प्रारम्भिक चरण अर्थात् नक्सा तयार गर्ने समयमै इन्जिनियर वा वास्तुविद्सँग सल्लाह गरेर घरको कुन दिशातर्फ खाली ठाउँ राखेर त्यहाँ करेसाबारी बनाउने भन्ने यकिन गर्न सकिए धेरै राम्रो हुन्छ ।  यही चरणमा सूर्यको प्रकाश बढी वा कम पर्ने अवस्था यकिन गरी घर र बगैंचाका लागि उपयुक्त हुने गरी घरको नक्सांकन गर्न सकिन्छ ।  बनिसकेको घरमा भने जे–जस्तो उपलब्ध खाली ठाउँ छ, त्यसैलाई उपयोग गरेर फूलबारीका साथै करेसाबारीको विकास गर्न सकिन्छ ।   करेसाबारी, गमला वा कौसीमा के फलाउने भन्ने कुरा रुचिमा भर पर्ने हुँदा त्यस्ता ठाउँमा सकेसम्म वयस्क हुँदा पनि सानो ठाउँ लिने र छोटो अवधिमै फल दिने फलपूmल वा तरकारी लगाउनु बढी उपयोगी हुन्छ । अचेल बजार वा बागवानी केन्द्रमा कुन मौसम र स्थानका लागि कस्तो तरकारी वा बिरुवा लगाउने भन्ने सामान्य जानकारीसहित आवश्यक बिउ, मल तथा तालिमसमेत दिइने गरेको छ ।  कतिपय महानगर, नगर तथा वडाजस्ता स्थानीय निकायले घर–घरमा करेसाबारी तथा कौसी खेतीका लागि प्रोत्साहनस्वरूप घरमै कम्पोस्ट मल तयार गर्ने भाँडा, बिउ र आवश्यक तालिम निःशुल्क वा सहुलियतमा प्रदान गरेको पाइन्छ ।   घरको भान्सामा जम्मा हुने जैविक फोहोरलाई कम्पोस्ट बनाउने भाँडोमा विर्सजन गरेर निश्चित अवधिमा करेसाबारीका लागि आवश्यक मल तयार गर्न सकिन्छ । यसबाट एकातिर व्यावसायिक मल किन्दा हुने खर्च जोगिन्छ भने अर्कोतिर घरमै तयार हुने मलबाट उत्पादित वस्तु पूर्णतः अर्गानिक हुन्छ ।  घरमा उपलब्ध सानो करेसाबारी वा कौसीमा ती सबै उमार्न सम्भव हुँदैन ।  त्यसैले सानो स्थानमा धेरै प्रकारका भन्दा केही मात्र बिरुवा लगाउनु बढी बुद्धिमानी हुन्छ । उदाहरणका लागि अचार र तरकारीमा चाहिने हरियो खुर्सानी थोरै भए पनि पुग्छ । सानो परिवारका लागि राम्रो जातको खुर्सानीका दुई वटा मात्र बिरुवाले पुग्दो फल दिन सक्छ । त्यस्तै, धनियाँ वा तिते करेला मुख्य तरकारीको सहायकको रूपमा प्रयोग हुने हुँदा केही बिरुवा मात्र हुर्काउन सके पर्याप्त हुन सक्छ ।  त्यस्तै, लसुन, प्याज, छ्यापी, बाबरी, पार्सले जस्ता बिरुवा थोरै संख्यामा मात्र हुर्काउन सके हाम्रो भान्साको आवश्यकता पूरा गर्न पुग्दो हुन सक्छ ।   आफूले बिरुवा लगाउने स्थानमा सूर्यको प्रकाश कति पर्छ भन्ने आधारमा कुन जातको बिरुवा लगाउने भन्ने तय गर्न सकिन्छ । प्रकाश कम पर्ने सेपिलो ठाउँलाई यत्तिकै छाड्नुभन्दा कर्कलो, स्कुसजस्ता तरकारी लगाउन सकिन्छ । यी तरकारीलाई हतपत रोग नलाग्ने र घरिघरि स्याहार गर्नु पनि पर्दैन । यिनमा हाम्रो शरीरलाई चाहिने अनेक पौस्टिक तत्व पाइने हुँदा यस्ता तरकारी लगाउँदा प्रकाश नचाहिने ठाउँको उपयोग हुने मात्र नभई कम मिहिनेतमै पौस्टिक तरकारी  पाउन सकिन्छ ।   करेसाबारी तथा फूलका बिरुवाको साथमा औषधीय गुण भएका वनस्पति लगाउन सके अझ बुद्धिमानी हुन सक्छ ।  हामीमाझ पुस्तान्तरण भई आएको सनातन ज्ञान तथा आयुर्वेदजस्ता प्राचीन शास्त्रले अनगन्ती वनस्पतिका औषधीय गुणको व्याख्या गरेको पाइन्छ । त्यस्ता गुनिला वनस्पति हाम्रै छिमेकका बगैंचा, गमला वा नर्सरीमा उपलब्ध हुन सक्छन् ।  त्यहाँबाट बिरुवा ल्याएर लगाउन सकिन्छ । त्यस्ता वनस्पति आफ्नो बगैंचा वा गमलामा भए स्वास्थ्यसम्बन्धी अपर्झट पर्दा प्राथमिक उपचारका लागिसमेत उपयोग गर्न सकिन्छ ।  आफ्नो घरको सेरोफेरोलाई आकर्षक फूल आदिले सजाउँदा सँगै तरकारीको करेसाबारी वा गमला वा कौसीमा उपयोगी वनस्पति लगाएर तरकारी, मसला र औषधीय आवश्यक्तालाई समेत पूर्ति गर्न सकिन्छ ।  घरमा उपलब्ध ठाउँ, कौसी वा गमलामा के–कस्ता जातका तरकारी, फूल वा उपयोगी अन्य वनस्पति लगाउने भन्नेबारे तरकारी तथा फलफूल खेती गर्नेहरूका सफलताका कथा र उपयोगी ज्ञान सामाजिक सञ्जाल फेसबुक समूह तथा युट्युब च्यानलमा प्रशस्तै पाइन्छ ।

सम्बन्धित सामग्री

भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।

जसले बगैंचाबाटै बेच्छिन् ११ लाखको सुन्तला

म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।...

दोर्दीको हिलेटक्सारमा ‘एक घर, एक करेसाबारी’

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ हिलेटक्सारले एक घर, एक करेसाबारी अभियान कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको पोषणमा सुधार ल्याउन र खानपानको शैलीमा परिवर्तन ल्याउने भन्दै वडामा एक घर एक...

‘एक घर एक करेसाबारी’ निर्माण गरिने

नवलपुर, २५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताए । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइने उनले बताए। पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी […]

नमुना करेसाबारी बनाउन कृषकलाई सहयोग

करेसाबारीमा तरकारीलगायतका खेती विस्तार गर्न भेरी नगरपालिकाले किसानलाई आवश्यक कृषि सामग्री सहयोग गरेको छ । नमुना करेसाबारी प्रवर्द्धनका लागि कृषि शाखाको छनोटमा परेका नमुना किसानलाई बिउबिजन कृषि सामग्री वितरण गरेको हो । कृषि पेसालाई मर्यादित बनाई किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले भेरी नगरपालिका कृषि शाखाले आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार १३ वटै वडाका एक/एक जना किसान छनोट […]

विद्यार्थी कृषि करेसाबारी कार्यक्रम लागू गर्दै विद्यालय

काठमाडौँ,५ फागुन । कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो । ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेका छन् । विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सके […]

छोरी करेसाबारी र श्रीमतीजी

अचेल हतपति करेसाबारीमा पस्दिनन् श्रीमतीजी पसे पनि रायोको साग रोप्दिनन्  छोरीलाई मन पर्ने साग  रोपेर के काम खाने छोरी नभएपछि छोरीलाई अन्माएपछि  घरको लक्षण मात्र गएन हाम्रो सातो पनि गयो  घरको रौनक गयो  घरै शुन्य भयो

घरका छतमा लोभलाग्दो कौशी खेती

२९ फागुन,बुटवल । सहर-बजारमा घर हुनेहरु सबैको करेसाबारी र खाली जग्गा नहुन सक्छ । खाली जग्गा र करेसाबारी नभएपछि तरकारी खेती गर्न चाहे पनि कहां गर्ने ? तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै अब घरको छतमै मज्जाले कौशी खेती गरेर तरकारी फलाउन सकिन्छ । यसको उदाहरण बनेकी छन् रुपन्देहीको तिलोत्तमा-५ की सावित्रा भण्डारी । २९ […]

सुक्खाग्रस्त ठाउँमा हरियाली करेसाबारी

तेह्रथुम-पानीका मुहान सुक्दा मानिस तथा पशु चौपायालाई पिउने पानीको जोहो गर्नै मुस्किल थियो । खानेपानी अभावकै कारण बर्सेनि दर्जनौं परिवार बसाइँ सर्नुपर्ने बाध्यता रहँदै आएको थियो । खानेपानी पैंचो लिनुपर्ने अवस्था थियो । आकाशे पानीको भरमा खेती गर्नुको विकल्प थिएन । गाउँको केन्द्रमा भएको पानीको धाराको पनि भर थिएन । खानेपानीकै लागि बिहान सबेरैदेखि लाइन […]

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरूले खेतीसमेत गरेका छन् ।