बर्दियाको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले पहिला मानिसको जीवन सुरक्षा, त्यसपछि मात्र वन्यजन्तुको सुरक्षाको कुरा आउने बताएका छन् । सोमबार दिउँसो बाघको आक्रमणमा परी मधुवन–२ की ४१ वर्षीय अस्मिता थारु घाइते भएपछि स्थानीयवासीले बाघ नियन्त्रणको मागसहित गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा एक महिलाको मृत्यु भएपछि नगरप्रमुख भाटले यस्तो बताएका हुन् ।स्थानीयवासीको समस्या तथा उनीहरुले उठाएका माग सम्बोधन गर्न सुरक्षा निकाय समवेदनशील नदेखिएको उनले बताए । ‘पहिला मानिसको ज्यान सुरक्षित