जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

काठमाडौँ,७ पुष । पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । […]

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

ढोरपाटन, ३ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मी मात्रैले सेवा दिँदै आएका छन् । स्वास्थ्य चौकी प्रमुखसमेत रहेका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आएका छन् । गत चैत ४ गते […]

जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखे

कर्मचारी अभावमा सेवा प्रभावित

म्याग्दी, साउन ३१ । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ। विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन्। चाररचार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए। ‘सरुवा भएर गएका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नआउँदा जनशक्ति अभाव भएको […]

धौलागिरी अस्पतालमा जनशक्ति अभाव, समयमै उपचार नपाएको बिरामीको गुनासो

भदौ ८, बागलुङ । धौलागिरी अस्पताल बागलुङमा दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालनमा नहुँदा सर्वसाधरण मारमा परेका छन् । कोरोना महामारीका बीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताए । १६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक (निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्ट शैलेन्द्र वि.क. पोखरेल) कार्यरत रहेका छन् । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् । उनीहरु छात्रवृत्ति करारको हुन् ।  यस्तै ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेका छन् । मेडिकल अधिकृत रविनबाबु पौडेलको पनि सरुवा पत्र आइसकेकोले अब मेडिकल अधिकृत नहुने पक्का भइसकेको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले बताए ।  उनले अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन दुई महीना मात्र आवधि रहेको बताए । अस्पतालमा अहिले दुई जना फिजिसियन रहेका छन् ।  जनशक्ति अभावले बन्द हुने अवस्थामा आईसीयू जनशक्ति अभावकै कारण धौलागिरी अस्पतालमा रहेको सघन उपचार कक्ष (आइसियु) बन्द हुने अवस्थामा पुगेको छ । गण्डकी प्रदेशको तत्कालिन सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा पछि डाक्टर नपठाउँदा आईसीयु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पतालले जानकारी दिएको छ । धौलागिरी अस्पतालमा तीन बेडको आईसीयू र दुई भेन्टिलेटर सहितको सघन उपचार कक्ष सञ्चालनमा रहेको छ । तत्कालिन सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा. प्रनिता राजभण्डारी, सुप्रिया पौडेल र आकाश चित्रकार लगायत पाँच जना डाक्टरको एकैसाथ सरुवा भएको थियो ।  कोरोना महामारीको कारण ओपिडी सेवा बन्द भएको अवस्थामा डाक्टरको सरुवा पश्चत अन्य मेडिकल अधिकृतलाई आईसीयूको जिम्मेवारी दिएर सञ्चालनमा ल्याएपनि अहिले ओपिडी सञ्चालन भएको र हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि आईसीयू सेवा बन्द हुने अवस्थामा पुगेको अस्पतालका मेडिकल निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताए । डाक्टर पोखरेले अस्पतालमा जनशक्ति नहुँदा काम गर्न गाह्रो भएकोले डाक्टर ल्याउनको लागि काठमाडौं र पोखरा धाइरहेको भएपनि कतैबाट सुनुवाई नभएको गुनासो गरे । उनले अहिले अस्पतालमा करारमा रहेका डाक्टरहरुको पनि समय सकिन लागेकोले तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आईसीयू सेवा बन्द गर्नुपर्ने अवस्था आउने बताए ।  जनशक्तिको अभावले समयमै सेवा पाउँदैनन् बिरामी अस्पतालमा समयमै उपचार नपाएको विरामीहरुले गुनासो गरेका छन् । अस्पतालमा जनशक्ति अभाव रहेपनि कार्यरत डाक्टरहरुले समयमा सेवा नदिँदा विरामीहरुले समयमै उपचार नपाएको गुनासो गरेका हुन् ।  मंगलवार उपचार गराउन बिहान साढे ९ बजे अस्पताल पुगेका काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका मेघनाथ निउरेले डाक्टर साढे ११ बजेसम्म नआएको गुनासो गरे । उनले ओपिडिमा टिकट काटेर लाइनमा बसेपनि साढे ११ बजेसम्म डाक्टर नआएको गुनासो गरेका हुन् । यता अस्पताल प्रशासनले भने विशेषज्ञ चिकित्सक र डाक्टरहरुको अभाव रहेको र अहिले कार्यरत डाक्टरहरुले आइसोलेसन र ओपिडि हेर्नुपर्ने भएकाले ढिलो भएको हुनसक्ने बताए । अस्पतालका मेडिकल रेकर्डर पौडेलले बुधवार ड्युटिमा रहेका डाक्टर आफै अस्वस्थ भएको कारण ढिलो आएको जानकारी गराएको बताए । ‘बिरामीहरुको गुनासो आएपछि हामीले डाक्टरलाई सम्पर्क गरेका थियौ, उनले भने ‘डाक्टरले आफू अस्वस्थ रहेकोले ड्युटीमा आउन ढिलो भएको बताउनुभयो ।’ बागलुङलाई सुगममा राखिएपछि आउन मानेनन् डाक्टर स्वास्थ्य क्षेत्र अन्तरर्गत बागलुङ जिल्लालाई सुगम जिल्लामा समावेश गरिएपछि चिकित्सकहरु धौलागिरी अस्पतालमा आउन नमानेको अस्पताल व्यवस्थापन समितिले बताएको छ ।  पहिले दूर्गमको सुचिमा समावेश बागलुङ अहिले सुगममा परेपछि डाक्टरहरु बागलुङ आउन नमानेको प्रदेश र केन्द्र सरकारले जनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले बताए । ‘अहिले बागलुङलाई सुगम जिल्लामा समावेश गरिएको रहेछ,’ अध्यक्ष रानाले भने ‘बढुवा र सरुवाको लागि सुगमको जिल्लामा काम गरेमा कम नम्बर र दूर्गममा काम गरे बढी नम्बर आउने, दूर्गम जिल्लामा काम गरेमा पढ्न जान पाइने भएकोले डाक्टरहरु आउन नमानेको भन्ने जानकारी पाएका छौं ।’  आफूले चिकित्कसको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाइ नभएको अध्यक्ष रानाले बताए । अध्यक्ष रानाले भएका चिकित्सकहरुको पनि सरुवा गरिदिने र नयाँलाई नपठाउने गरेकोले अहिले जनशक्ति अभाव भएको बताए । ‘मैले हिजो पनि प्रदेशमा मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र अर्थमन्त्रीसँग डाक्टर पठाइदिन कुरा गरे,’ अध्यक्ष रानाले टेलिफोनमा कुरा गर्दै भने ‘उनीहरुले विज्ञापन गरेर मात्र डाक्टर पठाउन सक्ने बताउँदै विज्ञापन गर्दैछौं भने ।’

अस्पतालमा जनशक्ति अभावले थन्किए उपकरण

मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरण अभाव त कहिले जनशक्ति अभाव थेग्दै आएको छ । हाल अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ असारमा प्रदेश सरकारले अस्पताललाई दुइटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।      अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समय भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै  अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा. प्रतिभा गौली र डा. सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् तर जडान गरिएको छैन’, डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या छ ।’ डा. प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मातहात झन्डै २० करोड रुपैयाँ लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको डा. गौली बताउँछिन् ।      भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा. अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्न प्रयोग गरिन्छ । अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।      दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ, त्यसको तयारी हुनु जरुरी रहेको अनुभव डा. अधिकारीको छ ।   कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै संक्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा. अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भए समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुन सक्छ । रासस

जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या

पूर्वी नवलपरासीकोे मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।