काठमाडौँ। आजदेखि एकसाथ दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, […]