चेतनामुलक सन्देशका साथ मनाइयो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाण्डाै - लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज सकिएको छ । गएको वर्ष जस्तै भव्य र्याली सभा समारोह नभए पनि महिलाका क्षेत्रमा काम गर्ने संघसस्थाले सचेतनामुलक सन्देशका साथ यो अभियान मनाएका हुन्। ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ अथवा मंसिर १० गते...