लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ देखि मनाउन थालिएको थियो ।अभियान अवधिमा राष्ट्रिय महिला आयोगले मङ्सिर ९ मा लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको थियो भने मधेस प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी दुईदिने कार्यशाला आयोजनालगायतका काम गरेको थियो ।साथै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट लैङ्गिक हिंसा निवारण र महिला सशक्तीकरणसम्बन