काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।
आज आइतवार सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज...